२४ बैशाख । काठमाडौंको जोरपाटीमा एक जना पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ जोरपाटी सरस्वती स्कुल नजिक जस्ताको टहरामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।