२५ बैशाख २०८१, मंगलबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


चिडियाखानामा नरभक्षी बाघ ‘महारानी’ मासु खान छोड्यो, डाक्टरको निगरानीमा



छ दिन दैनिक पाँच किलो राङ्गाको मासु खाना दिइन्छ तर ‘महारानी’ बाघ दिनको दुई किलो मासु खाएको अवस्था छ

ललितपुर
१९ बैशाख । सदर चिडियाखानामा वैशाख १० गते शुक्लाफाँटा निकुञ्जबाट ल्याएको पोथी नरभक्षी ‘महारानी’ बाघले मासु खान छोडेको छ ।
जङ्गली बाघ दिनको २० देखि २५ किलो मासु खाने तर शुक्लाफाँटा निकुञ्जमा महिलाई आक्रमण गरेर मारेपछि पक्रेर जावलाखेलस्थित चिडियाघर ल्याइएको बाघ ‘महारानी’ले मासु खान छोडेको हो । यद्यपी बाघले एक हप्ता नखाएर पनि बाँच्न् सक्छन् ।

सदर चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले ‘स्वस्थ्य बाघलाई चिडियाखानामा हप्ताको छ दिन दैनिक पाँच किलो राङ्गाको मासु खाना दिइन्छ तर ‘महारानी’ बाघ दिनको दुई किलो मासु खाएको अवस्था छ र सुताई नर्मल रहेको’ बताएका छन् ।

उमेर अनुसार चञ्चल अवस्थामा नरही मौन तथा स्थिर अवस्थामा छ । डाक्टर पर्वत जंगको निगरानीमा राखिएको छ ।
चार देखि पाँच वर्ष बिचको उमेर अनुसार ‘महारानी’को तौल १२५ देखि १४० किलोको बिचमा रहेको अनुमान गरिएको छ ।
चिडियाखानामा भालेबाघ ‘महाराज’ र शुक्लाफाँटा निकुञ्जबाट ल्याएको पोथी बाघलाई भालेसँग जोडि बनाउँने कार्यालयको सोच रहेको र ‘महाराज’को नामबाट नरभक्षी पोथीबाघलाई ‘महारानी’ बाघको नामाकरण गरिएको कोइरालाले बताए
‘महारानी’ आतङ्कित हुन्छ भनेर अन्य व्यक्तिहरुलाई हेर्न, फोटो खिच्न वा कुनै पनि कार्य गर्न दिइएको छैन् । हेरचाह गर्न किपर र भेटनरीका प्राविधिहरु राखिएको छ ।

 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  २ : १३ बजे