२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


बडिखेल र गोदावरीका महिला स्वयम सेविकलाई तालिम



८ जना महिला स्वास्थ्य स्वयम सेविकहरुलाई २ दिने तालिम दिइएको छ

 

१५ बैशाख । ललितपुर गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा, गोदावरी नगरको वडिखेल र गोदावरी स्वास्थ्य संस्थाको संमन्वयमा लेले सामुदायिक बिकास केन्द्रले वडिखेल र गोदावरी स्वास्थ्यचौकी, अन्र्तगत रहेका १८ जना महिला स्वास्थ्य स्वयम सेविकहरुलाई २ दिने तालिम दिइएको छ ।
तालिममा १८ जना महिला स्वास्थ्य स्वंयम सेविकहरुको उपस्थित थियो । उक्त तालिम सुरुवात लेले सामुदायिक बिकास केन्द्रका कर्मचारी पहरा जीसीद्धारा भएको थियो भने स्वास्थ्य चौकीका कर्मचारीले तालिमको सहजीकरण गरेका थिए ।
तालिमको उदेश्य महिला स्वास्थ्य स्वयम सेविकहरुलाई सामुदायिक स्वास्थ्य सम्बन्धि जानकारी गराउनु थियो ।
तालिममा मानसिक स्वास्थ्य, सर्ने रोग, नसर्ने रोग, पोषण, परिवार नियोजन, सुत्केरी स्याहार, वातावरण सरसफाई, व्यक्तिगत सरसफाई, महिनावारी स्वच्छता व्यबस्थापन, आमा समुह बैठकसम्बन्धी छलफल भएको थियो । तालिमपछि महिला स्वास्थ्य स्वंयम सेविकहरुले आमा समुहको बैठकमा सीकेका विषयमा छलफल गर्नेछन् ।

 

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  १२ : २७ बजे