२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


ललितपुर महानगर सार्वजनिक सुनुवाई गर्दै



महानगरको चक्रपथ बाहिरका क्षेत्रमा व्यवस्थित शहर निर्माणका लागि प्राथमिकता नदिएको भन्दै नगरबासीको असन्तुष्टि छ

 

१५ बैशाख । ललितपुर महानगरले आज सार्वजनिक सुनुवाई गर्ने भएको छ । जावलाखेलस्थित खुला चौर(जावलाखेल)मा महानगरले सार्वजनिक सुनुवाई गर्न लागेको हो ।
महानगरले विहान ११ बजे भेला भएर महानगरको काम कारवाहीप्रति कुनै गुनासो भए राख्न आग्रह गरेको छ ।
स्थानीय निकायको निर्वाचनपछि महानगरले पहिलोपल्ट सार्वजनिक सुनुवाई गर्न लागेको हो ।
महानगरको चक्रपथ बाहिरका क्षेत्रमा व्यवस्थित शहर निर्माणका लागि प्राथमिकता नदिएको भन्दै नगरबासीको असन्तुष्टि छ ।
शहरका भित्री सडक कालोपत्र नगरि खाल्टाखुल्टी राखिएको धेरै ठाँउमा सडकबत्ती नपु¥याइएको,शहरी क्षेको तुलनामा ग्रामिण बस्तीमा विकाशको काम नभएको भन्दै स्थानीयबासी रुष्ट रहेको बेला आयोजना गरिएको सार्वजनिक सुनुवाईले नगरबासीको माग सम्बोधन गर्न र महानरले सुझावको रुपमा लिएर काम गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ४ : ०३ बजे