११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गाँउका होमस्टे शहरका क्याफेजस्ता


२३ माघ २०७५, बुधबार  

0
Shares

दिपक महर्जन


ललितपुरको लेले मनकामना क्षेत्रमा खुलेका होम स्टे विज्ञापन ठाँउ ठाँउमा टाँसिएको छ । होम स्टोको मेनु पनि विज्ञापनमै लेखिएको छ ः मःमः चाउमिन,नेपाली खाना सेट । साथमा अट्याच वाथरुम ।
यो विज्ञापनबाट बुझिन्न्छ की होम स्टे भनेको के हो भन्ने धेरैलाई ज्ञान छैन । होम स्टे खोल्नु भनेको शहरमा क्याफे खोले जस्तो हो भन्ने आम बुझाई छ ।
धेरै होम स्टेमा गाँउले परिवेसको कुनै छनक पाइदैन । न त स्थानीय संस्कृती रहनसहन चालचलन नै जोडिएको पाइन्छ । अहिले गाँउमा ढिकी जाँतो लोप भइसके । भुकम्पपछि पुराना परम्परागत घर भत्किए । आजकल डाँडापाखामा ढलान गरिएका बहुतले भवन बनेका छन् ।
होम स्टेमा बस्ने पाहुना स्थानीय संस्कृती स्थानीयपन खोज्न आएको हुन्छ । होम स्टेमा आगन हुनु जरुरी छ । अनि पिडि चाहिन्छ । पुरानो घरमा गोवरले लिपेको वास्ना आउनु पर्छ ।

प्रकाशित मिति : २३ माघ २०७५, बुधबार  ६ : ४१ बजे