२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


भुकम्पले बदलिएको भट्टेडाँडा(फोटोफिचर)


८ चैत्र २०७५, शुक्रबार  

0
Shares

लपु संवाददाता
९ चैत्र ०७५, ललितपुर । २०७२ वैशाख १२ को भुकम्पले भट्टेडाँडालाई पुरै भत्कायो । घर ढले । कसैको धन बचेन । कसेको ज्यान । चौपाया पनि बाँकी रहेनन् ।
भुकम्पले भत्काएको भट्टेडाँडास्थित झाँक्रिडाँडा आजकल नौलो बनेको छ । पुराना ढुंगा र काठले बनेका घरको ठाँउमा ढलान घर ठडिएको छ । कहीकतै रंगीन जस्ताले घर बनाइएको छ ।


स्थानीय विनोद बजगाँईका अनुसार हुने खानेले सिमेन्टको घर बनाएका छन् । आयस्ता कम हुनेले जस्ताको झुपडीलाई गोठ बनाएको  सुनाउछन् ।उनी भन्छन्,‘गाँउमा आजकल तीन थरि घर छन् । भुकम्पअघिका,भुकम्पलगत्तै बनेका झुपडी र नयाँ घर ।’
विनोदको भनाई मान्ने हो भने आजभोलि डाँडैभर घरै घर भएका छन् ।
केही समयअघि पुगेकी रमा दुलाललाई केही बर्षअघि बसेको त्यो ठाँउ नौलो लाग्यो । भन्छिन्,‘बाटो खनेर डाँडै भत्काइएको रहेछ । पुराना घर गाँउ ठाँउ केही बाँकी छैन । अर्कै संसार पुगे झै लाग्यो ।’


झाँक्रिडाँडा हुँदै कान्तिलोकपथ सडक खनेपछि जहाँत्यही पहिलो गएको छ । छपेलीमा वालुवा खानी उत्खननपछि स्थानीय खोलामा वालुवा चल्दा खोला धमिलो बनेको छ । सातकन्या,बुलाकीचौर,खुर्सानीबारी,भैसे,महाँकाल खोल्चालगायत भट्टेडाँडाका गाँउ पुग्ने जो कोही पुरानो स्वरुप वदलिएको अनुभव गर्छन् ।

 

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  ९ : ५८ बजे