१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चैत २२ देखि मध्यपुर थिमिमा महायज्ञ


९ चैत्र २०७५, शनिबार  

0
Shares

लपु संवावददाता
९ चैत्र ०७५,भक्तपुर  । मध्यपुरथिमि–५ सङ्गमकोलोनी राधेराधेस्थित सङ्गमेश्वर महादेव मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको आयोजना हुने भएको छ ।

सङ्गमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाद्वारा आयोजित सो महायज्ञ यही चैत २२ देखि ३० गतेसम्म सञ्चालन हुनेछ । सङ्गमेश्वर महादेव मन्दिर सुधार, निर्माण एवं मन्दिर परिसरमा निर्माणाधीन सत्तल निर्माण सम्पन्न गर्ने उद्देश्यले आयोजना हुने सो ज्ञान महायज्ञमा युवा कथा–प्रवचक भागवताचार्य शास्त्री प्रह्लादराज न्यौपानेले कथा वाचन गर्नुहुनेछ ।

महायज्ञमा शास्त्रीय विधिद्वारा वैदिक पूजा, रुद्राभिषेक, हवन, मण्डप, पूजा विधि, तुलादान एवं श्रीमद्भागवत पाठपारायण ज्योतिषाचार्य ध्रुवराज न्यौपानेबाट हुनेछ भने ख्यातिप्राप्त सङ्गीतकारबाट भजन र झाँकीको प्रदर्शनसमेत हुनेछ । चैत २२ गते बृहत् कलश यात्रा, चैत २३ देखि २९ गतेसम्म मण्डप पूजा विधि, रुद्राभिषेक, सामूहिक हवन, श्रीमद्भागवत कथा प्रवचन तथा चैत ३० गते सामूहिक ब्रतबन्ध, गुन्युचोली, श्रीमद्भागवत कथा पूर्णाहुति र तीलार्पण गरेर महायज्ञ समापन हुने सङ्गमेश्वर महादेव मन्दिर संरक्षण तथा विकास संस्थाले जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७५, शनिबार  ६ : २१ बजे