२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


सिंहदरवारका सुन्दर फूलहरु(फोटोफिचर)


१२ चैत्र २०७५, मंगलबार  

0
Shares


लपु संवाददाता
१२ चैत्र ०७५,सिंहदरवार । सरकारी झमेला ढिलासुस्ती,भष्टाचारको पर्याय सिंहदरवार । पछिल्लो समयमाा अस्तव्यस्त बनेको सिंहदरवारमा आजकल सुन्दर फूल फुलेको छ । देशको प्रमुख प्रशासकिय क्षेत्रको वगैचामा वसन्त ऋतु शुरु भएसँगै फूलहरु फुलेका हुन् ।

वगैचामा धेरैजसो विदेशी फूलहरु रोपिएका छन् । बेला बेलामा किटनाशक औषधि प्रयोग गरिने हुँदा लाभा विकशित हुँदैन र फूलबारीमा पुतली भेटिदैन । हाइव्रिड जातका फूलहरु देख्नमा सुन्दर छन् । तर फिटिक्कै सुगन्ध आउदैन ।

सिंहदरवारको बगैचा सम्हाल्ने छुट्टै उद्यान कार्यालय नै खडा गरिएको छ । यहाँको नर्सरीमा फूलहरु उमारिन्छ । अनि मन्त्रालयहरुमा रोपिन्छ । कार्यालय वरपर गमलमा फूलहरु रखिएको भेटिन्छ । यहाँ कर्मचारीका रुपमा मालीहरु नियुक्त गरिएको छ ।


सिंहदरवारको प्रभावशाली मन्त्रालय वरपर ढकमक्क फूलहरु फुलेका छन् । प्रधानमन्त्री कार्यालय,अर्थ,परराष्ट्र ,रक्षालगायत मन्त्रालय विभिन्न प्रजातीका फूलहरुरोपिएका छन् भने कम प्रभावका मन्त्रालयवरपर फूल देखिदैन ।

हेरौं ः

 

 

 

 

 

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ७ : २८ बजे