२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


हरियाली सुन्दर फाँट (फोटोफिचर)


१५ चैत्र २०७५, शुक्रबार  

0
Shares


लपु संवाददाता
१६ चैत्र ०७५,ललितपुर । राजधानीका मानव बस्तीमा कंक्रिट जंगल मात्रै छैन । शहरको भन्दा पर काँठतिर चिसो बहने हावा, छङछङ बग्ने खोला,जंगल अनि सुन्दर हरियाली फाँट पनि छन् । किसानै किसनले भरिएका शहर बाहिरका बस्ती वरपर धान झुल्ने अनि गँहु फुल्ने फाँट छन् ।
आली नै आलीले ढाकिएका पहाड मुन्तिरका गैही तरेली खेतको हरियाली मनमोहक हुन्छ । शहर वरपरका राजकुलो लाग्ने खेत आजसम्म भूमाफियाको आँखा लागेका छैन र त दुरुस्तै छन् ।
बढ्दो जनसंख्या बृद्धि,बसाई सराई, शहरिकरण र आधुनिक जीवनशैली मोहका कारण गाँउ खाली हुँदैछ । शहर भरिदैछ । आज देखिएको हरियाली खेतबारी भोलि नदेखिन सक्छ ।
फाँटमा हरियाली मात्रै छैन पहेला फूल फुलेका तारीबारी प्रशस्तै छन् । ठाँठ मास्तिर राता बोटमा सेतै फुलेको फापर भेटिन्छन् ।
निरन्तर परेको वर्षापछि खुलेको सफा आकाश मुन्तिर रमाइलो हरियाली खेत र कान्ला पार गर्दै ललितपुर खबरकर्मीले केही तस्विर बटुलेका छन् । हेरौं ः

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ११ : १४ बजे