२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


हरियाली फर्किएपछि सुन्दर सडक


२३ चैत्र २०७५, शनिबार  

0
Shares


लपु संवाददाता
२३ चैत्र ०७५,काठमाडौं । फराकिलो चिल्लो सडक । दायाँवायाँ उस्तै मिलेका फुटपाथ । सडकमा हरिया रुखहरु अनि ठाँउ ठाँउमा फलबारी । सुन्दर शहरको सडक सपना यस्तै हुन्छ । हो, यस्तै देखिन थालेको छ आजकल राजधानीको चक्रपथ भित्रका केही सडकहरु ।
केही बर्षअघि राजधानीका सडक विस्तारका क्रममा रुख काटिए । क्रंकिट नै क्रंकिटले ढाकिएको राजधानी उजाड बन्यो । तर देशको राजधानी काठमाडौंको पर्यावरणीय सुन्दरता पुन फेरि फर्कन थालेको छ । वसन्त ऋतुको आगमनसँगै सडक विस्तारपछि रोपिएका रुखमा कान्ति छाएको छ,हरियाली फर्किएको छ । कहँ कतै महानगरपालिकाले रोपेको फूलहरु ढकमक्क फुलेको देख्न सकिन्छ । धुलो धुँवा र प्रदुषणकाविच हुर्किरहेका ती रुखहरु अल्ला देखिन थालेका छन् ।


राजधानीको माइतीघरबाट तीनकुनेसम्म सडकको बीचमा रुख रोपिएका छ । कोटेश्वर भक्तपुरको सूर्य विननायकसम्म पनि उस्तै हरियाली देखिनका छ । नवनिर्मित कोटेश्वर कलंकी सडकमा भने रुख रोएिको छैन ।
चक्रपथभित्र सडक विस्तार लगभग सकिएको छ । कँही कतै मेलाम्ची खानेपानीले पाइप विस्तारका क्रममा खने बाहेक धुलो उड्ने सडक देखिदैन ।
माइतीघरदेखि बानेश्वरसम्म रोपिएका रुखहरु हेरौं ः

 

 

 

 

 

 

 

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ८ : ४६ बजे