१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उत्साहजनक सहभागीताबीच ललित मेला सम्पन्न


२ बैशाख २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
१ बैशाख ०७५, ललितपुर । ललितपुरको पुल्चोकमा जारी अन्तर्रा्ष्ट्रियस्तरको व्यापार मेला आइतबार बाट सकिएको छ । गत चैत्र २७ गते बुधबारबाट सुरु भएको ५ दिन सम्म चलेर आईतबार समापन गरिएको हो । ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा पुल्चोक, नटोलस्थित मदनस्मारकको प्रांगणमा मेला आयोजना गरिएको थियो ।
२०७४ सालबाट निरन्तर अन्र्तराष्ट्रिय मेला आयोजना गर्ने नीति अनुरुप यस बर्ष पनि मेला आयोजना गरेको र मेलाबाट पाटनका स्थानीय व्यावसायीहरको व्यावसाय प्रर्वदन भएको उद्योग वाणिज्य संघमा अध्यक्ष कृष्णलाल महर्जनले बताए । उनले भने,‘यो उत्साहपूर्ण सहभागीताले हामीलाई फेरि मेला आयोजना गर्न हौसला मिलेको छ ।’
मेलामा हस्तकलाका सामाग्रीको आर्कशण देखिन्थ्यो १ सय ३ वटा स्टलमध्ये धेरै स्टल हस्तकलाका सामानहरुकै थियो ।


मेलामा पाटनबासीको भिडभाड थियो । मेला उत्साहजनक रुपमा समापन भएका प्रचार संयोजक मिलन शाक्यले जानकारी दिए । उनले भने,‘मेलामा १ लाख भन्दा धेरै दर्शक सहभागी भए ।’
मेलामा खेलकुदको सामग्री, भारत, पाकिस्तानका लत्ता कपडा, चीनमा उत्पादित दैनिक उपभोग्य, नेपाली हस्तकलाको सामानको को प्रर्दशनी थियो । मेलामा फुड स्टल,धातुका मूर्तिहरु र वालवाालिकाहरुलाई खेल्नका लागि गेम जोन पनि थियो ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  १२ : ५६ बजे