१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मनकामना मन्दिर बनाउन दलचोकीमा सप्ताह शुरु


२ बैशाख २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
२ वैशाख ०७६, दलचोकी । दक्षिण ललितपुरको दलचोकीस्थित मनकामना मन्दिरपरिसरमा मनकामना मन्दिर स्तरोन्नतिको लागि श्रीमद्भागवत सप्ताह तुलादान ज्ञान महायज्ञको औपचारिक उद्घाटन भएको छ । ललितपुर १ का माननीय नवराज सिलवालले सो महायज्ञको विधिवत् शुभारम्भ गरेका हुन् ।
श्रीमत् भागवत महायज्ञ शुभारम्भअघि दलचोकीदेखि सुन्धरे पधेरो हुँदै पुरानो दलचोकी मन्दिरसम्म कलशयात्रा गरिएको थियो । कलश यात्रामा १०३ जना सथानीयको सहभागिता थियो ।
महायज्ञ व्यवस्थापन मूल समारोह समितिका अध्यक्ष श्री कृष्णप्रसाद घिमिरेले स्थानीय पर्यटकीय क्षेत्र विकाश गर्न समितीले सहयोग मात्रै गरेको धारणा राख्नु राखे । उनले भने हामीले कामको शुरुवात गरेका छौं । यो पुरा गर्ने काम सरकारको हो ।
स्थानीय कोञ्ज्योसोम गाँउपालिका २ का वडाध्यक्ष तिलकबहादुर बम्जनल महायज्ञ मार्फत मनकामना मन्दिरको जिर्णेद्धारको शुरुवात भएको भन्दै खुशी व्यक्त गरे । उनले भने हामी पञ्चबर्षिय जोजनामा राखेर मनकामना मन्दिर स्तरोन्नती गछौं ।


कोञ्ज्योसम २ का वडाध्यक्ष धु्रवप्रसाद घिमिरेले दलचोकी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र विकाश गर्न आयोजित सप्ताह महायज्ञलाई व्यक्तिगत रुपमा सहयोग गर्ने वचन दिए ।
सासंद सिलवालले दलचोकी नगरकोटभन्दा सुन्दर रहेको कारण पर्यटकीय क्षेत्र दरिएको विचार व्यक्त गरे । उनले भने,‘यो ठाँउ धार्मिक पर्यटकीय क्षेत्र पनि रहेको कारण यसको महत्व अझै बढेको छ ।’उनले दलचोकीलाई पर्यटकीय विकाशका पुर्वाधार बनाउन केन्द्रको योजना ल्याउने वचन दिए ।’
श्रीमद्भागवत तथा गौ संरक्षण केन्द्र भक्तपुरका प्रमुख संरक्षक तथा महायज्ञका प्रमुख वाचक महाराजश्री अरविन्द शास्त्रीजी रहेका छन् । श्रीमद्भागवत तथा गौ संरक्षण केन्द्र भक्तपुरको राष्ट्रव्यापी १०८ महापुराण अन्तर्गत यो अन्तिम भागवत हो ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ८ : ५९ बजे