६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चापागाँउ सडकमा फेरि ग्राइभेल


५ बैशाख २०७६, बिहिबार  

0
Shares

५ वैशाख ०७६, ठेचो । चापागाँउ लेले टिकाभैरवमा शुक्रबार र शनिबार हुने जात्रामा लागि सडकमा ग्राइभेल राख्न शुरु गरिएको छ । ठेचो, चापागाँउ सडकमा ठाँउ ठाँउमा ग्राइभेल राखिएको हो ।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका डिल्ली खत्रीले २० टिपर ग्राइभेल राख्न लागिएको जानकारी दिए । उनले भने,‘जात्रा समितीलाई सजिलो होस् भनेर ग्राइभेल गरिएको हो ।’
वल्र्ड वाइट कन्ट्रक्सनले ग्राइभेल राखेको हो । कन्ट्रक्सनका रामशरण अधिकारीले अहिले आपतकालीन समस्या समाधान गर्न ग्राइभेल गरेको वताए । उनले भन,‘हामी पहिलेको पुरानो रेट अनुसार भुक्तानी लिन्छौं । टिप अनुसार हिसाव हुन्छ ।’
अधिकारीका अनुसार टिकाभैरव सडकमा पनि ग्राइभेल गरिएको छ ।
चापागाँउ र सुनाकोठीको जात्रामा आँखामा छारो हाल्न ग्राइभेल गरेको हो ? भन्दै प्रश्न गर्छन् ठेचोका स्थानीय मदनगोपाल महर्जन । उनी भन्छन्,यो माटो घाम लागेपछि धुलो बनेर उड्छ । अनि हामीले नै धुलो खानु पर्छ ।’
वर्षाको समयमा ग्राइभेल नबस्ने बरु झन् हिलो हुने भन्दै चिन्ता गर्छन् ठेचोकै स्थानीय भक्तलाल माली ।


केही समयअघि सडक तत्कालै कालोपत्रे गर्ने भन्दै पुरानो पिच भत्काएपछि यो हिड्नै नसकिने गरि बिग्रेको छ । स्थानीयबासीको निरन्तर प्रर्दशन र आन्दोलन गरे पनि सडक कालोपत्रे भएको छैन । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले बाटो विस्तारपछि मात्रै सडक कालोपत्रे गर्ने भन्दै २०७२ सालमै ठेक्का लगाइसकेको छ । तर सवोच्च अदालतका फैसला अनुसार मुआव्जा नदिदा घरहरु भत्कइएको छैन ।

प्रकाशित मिति : ५ बैशाख २०७६, बिहिबार  ६ : ३६ बजे