१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


संकटमा माटाको भाँडा व्यावसाय


१७ बैशाख २०७६, मंगलबार  

0
Shares

लपु संवाददाता
१६ वैशाख ०७६ ठिमी । भक्तपुरको माटाको भाँडा बनाउने व्यावसाय संकटन्मुख अवस्थामा पुगेको छ । बढ्दो शहरीकरण र जग्गा व्यावसायका कारण माटोको अभावसँगै परम्परागत माटाको भाँडा बनाउने व्यावसाय संकटउन्मुख अवस्थामा पुगेको हो ।
भक्तपुरको सिचिटार,कमेरोटार,नङखेल र हरिसिद्दिमा माटाको भाँडा बनाउने कमलो माटो पाइन्छ । ती ठाँउहरुमा घर बन्ने क्रम तीव्र रुपले बढ्न थालेपछि ठिमीका स्थानीयहरु मर्कामा परेका हुन् । ठिमीका स्थानीय लक्ष्मीकृष्ण प्रजापतिका अनुसार भाडा बनाउने माटो हराउन थालेपछि महँगो मुल्य तिनु परेको बताए । उनले भने,‘एक गाड माटोकै पाँच हजार पर्छ, यसबाट ५ सय भाँडा पनि बन्दैन ।’


भक्तपुरमा माटाका भाँडा विक्रि हुने क्रम भने बढेको सथानीयहरु बताउछन् । उनीहरुका अनुसार यहाँ गाडी लिएर माटाका भाँडा किन्न व्यापारीहरु आउछन् । ठिमीलेहरु आफै माटाका भाँडा बोकेर काठमाडौं र ललितपुरको शहरी क्षेत्रमा बेचन लैजान्छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ९ : ०२ बजे