६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोटिखेलको स्कूलमा वस सेवा


२६ बैशाख २०७६, बिहिबार  

0
Shares

छुट्टीपछि घर घर विद्यार्थी पुर्याउन विद्यार्थी कुर्दै बस । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
२६ वैशाख ०७६,गोटिखेल । दक्षिण ललितपुरको गोटिखेलस्थित हिलसाइड बोर्डिङ्ग स्कूलले वस सेवा सुरु गरेको छ । स्कूलभन्दा टाढा रहेका विद्यार्थीहरु गोटिखेलसम्म आउन गाह्रो भएको भन्दै शहर पस्ने थालेपछि बस सेवा दिन बाध्य हुनु परेको स्कूलका प्रिसिन्सपल प्रदिप आचार्य वताए । उनका अनुसार केही बर्षअघिसम्म ४÷५ सय विद्यार्थी पढ्न आउने यस वोर्डिङ्ग स्कूलमा अहिले संख्या घट्दै गएर १ सय ८५ जना मात्रै भर्ना भएका छन् ।
हिलसाइड बोर्डिङ्ग स्कूल दक्षिण ललितपुरको एक मात्र नीजि स्कूल हो ।

हिलसाइड बोर्डिङ स्कूल ।


पछिल्लो समय दक्षिण ललितपुरका बासिन्दा काठमाडौं बसाई सरेर जाने प्रवृतिका कारण विद्यार्थी संख्या घटिरहेको छ । केही बर्षअघिदेखि बच्चालाई गोटिखेलसम्म हिडेर आउन कठीन भएको भन्दै काठमाडौं उपत्यकाका बोर्डिङ्ग स्कूलतिर विद्यार्थी लैजान थालेको शिक्षक राजकुमार अधिकारीले वताए । उनले भने, अव ती विद्यार्थी हाम्रै स्कूलमा फर्कन्छन् भन्ने अपेक्षा छ । हामी टाढासम्म पुगेर सेवा दिने हुँदा नयाँ विद्यार्थी पनि ल्याउने छौं ।
केही दिनदेखि स्कूले निःशुल्क बस चलाइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २६ बैशाख २०७६, बिहिबार  ९ : ३५ बजे