१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जोशीसंग चिनियाँ राजदूतको भेट


४ जेष्ठ २०७६, शनिबार  

0
Shares


लपु संवाददाता
४ जेठ ०७६, ललितपुर । संस्कृतिविद, वाङ्गमय शताब्दीपुरुष सत्यमोहन जोशीसंग नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले भेटघाट गरेकी छन् । शुक्रबार ललितपुरको बखुम्बहालस्थित जोशीको निवासमै पुगेर राजदुत यान्छीले भेटेकी हुन् । यही बैशाख ३० गतेबाट १ सय वर्ष लागेका जोशी र चिनियाँ राजदूतबिच झण्डै ४५ मिनेट भलाकुसारी भएको सञ्चार ‘संंयोजक माधवप्रसाद घिमिरेले बताए ।
राजदुत जोशीसंगको भेटमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, ललितपुर महानगरका प्रबक्ता राजु महर्जन, ललितपुर महानगर वडा नं. ३ का अध्यक्ष श्रीगोपाल महर्जन, उद्योग वाणिज्य संघ ललितपुरका पूर्वअध्यक्ष अजरमान जोशी समेतको उपस्थिति रहेको थियो ।
उनका अनुसार भेटमा राजदुतले जोशीको सुस्वास्थ्य एवं दीर्घजीवनको कामना व्यक्त गरिन् भने संस्कृतिविद जोशीले अरनिकोको बारेमा आफूले लेखेका कृतिहरु, अरनिको, नेपाल र चीनबिचको विषयमा चिनियाँ राजदूत कुराकानी भयो । जोशीले चिनियाँ साहित्यमा आफूले गरेका अध्ययन, अनुसन्धानका विषयमा पनि जानकारी गराएका थिए । राजदूत यान्छीले चिनियाँ राजदूतले जोशीलई चीन भ्रमणका लागि प्रस्ताव समेत गरेकी थिइन् । संस्कृतिविद, जोशीले आफ्नो स्वास्थ्य अवस्था र उमेरका कारण भ्रमणका लागि असमर्थ रहेको कुरा जानकारी गराए ।

भेटका क्रममा राजदूत यान्छीले जोशीलाई दीर्घजीवन र सुस्वास्थ्यको कामनासँगै मायाँको चिनो प्रदान गरिन् । यससंगै ललितपुर महानगरपालिकाकातर्फबाट प्रमुख चिरीबाबु महर्जनले मन्छिनाथको रथ प्रदान गरे ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार  १० : २६ बजे