३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


सास्ती छ तैपनि गहना लगाउने रहर छ


९ जेष्ठ २०७६, बिहिबार  

36
Shares

लपु संवाददाता
९ जेठ ०७६, शंखु । ग्याङ्गछोल्मो घिसिङ्ग । चेप्टे मार,झम्के बुलाकी,मठी,डुङ्ग्री,फुलीलगायत गहना लगाएकी छन् । उनको अनुहार गहनाले छपक्कै छोपिएको छ । गहनाका कारण कानका लोती छुट्न लागिसक्यो । उनी साँझ हिड्दिनन् । भन्छिन्,असुरक्षा हुन्छ । साथी नभई दिउसो हिड्दिनन् । धेरै गहना लगाएकै कारण उनी टाढा टाढासम्म जान पाउदिनन् । तै पनि गहना लगाउने रहर मेटिएको छैन । भन्छिन्,‘यी गहना म मरेपछि मात्रै फुकाल्नु ।’


शिरभरि गहना लगाएकै कारण उनलाई टाढा टाढा जान डर लाग्छ । काठमाडौं २ पल्ट मात्रै पुगिन् । घोडे जात्रामा । उनी ललितपुर शंखुकी बस्छिन् । ९० सालको भुइचालो आउदा उनी ५ वर्षकी थिइन् । उनले त्यती बेलादेखि नै नाकमा फूली लगाइन् । कतिपय गहना विवाहपछि लगाउन थालेकी हुन् । उनले लगाएको सुन माइलो सुन हो । चौविस क्यारेटको सुन चाहि होइन ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार  ८ : ०६ बजे