६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मच्छिन्द्रनाथको भोटोजात्रा जेठ २६ मा


९ जेष्ठ २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
९ जेठ ०७६, पाटन । उपत्यकाकै लामो जात्रा रातो मच्छिन्द्रनाथको जात्रा यहि जेठ २६ गते देखाइने भएको छ । विहीबार निकालिएको साइत अनुसार २३ गते थहिटीबाट तानेर जावलाखेल पु¥याइनेछ । विहीबार डवलीमा जोशीहरुले साइत हेरेका थिए ।
राष्ट्रप्रमुखलगायत देशका विशिष्ट व्यक्तिहरुमाझ मच्छिन्द्रनाथको भोटो देखाइन्छ । भोटो देखाइसकेपछि मच्छिन्द्रनाथको मूर्ति बुङ्गमतीस्थित मन्दिरमा राख्न लगिन्छ भने मीनजनाथको म”र्ति टंगलस्थित मन्दिरमा ल्याउने गरिन्छ ।
वर्षा र सहकालका देवताको रुपमा पुजिने मच्छिन्द्रनाथलाई बौद्ध मार्गीहरुले करुणामयको रुपमा पुज्छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहिबार  १ : ०४ बजे