२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


नमोबुद्धको रोमाञ्चक यात्रा (फोटोफिचर)


१० जेष्ठ २०७६, शुक्रबार  

0
Shares


लपु संवाददाता
१० जेठ ०७६, नमोबुद्ध काभ्रे । प्राचिन तामाङ्ग बस्ती, अलौकि प्राकृतिक सुन्दरता र ऐतिहासिक पवित्र बुद्धभूमि नमोबुद्ध यात्रा पारखीहरुको सही गन्तव्य हो । नमोबुद्ध पुग्ने जो कोही हरेक सिजनमा सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न सक्छन् । वर्षे झरिमा नमोबुद्धमा हरियाली छाउछ । शरद ऋतुमा पहाडको फेदीमा रुवा झैं तुवालोले ढपक्कै ढाक्छ भने उत्तरमा हिमाल टलक्कै टल्कन्छ । हिउदे सिजनमा वरपरका गाँउबस्ती राता, पहेला देखिन्छन् । आकाश निलो निलो हुन्छ ।
नमोबुद्ध डाँडामा बज्ने ‘ओम माने पेमा हुँ’ को एकोहोरो संगीत सँगै मिठो धुपको बास्ना छाउदा जो होकी बुद्ध भूमिमा श्रद्धाले झुक्छ ।
नमो बुद्धमा जाहा जानुस् बुद्धका सुन्दर आकृतीमा मूर्ति कुँदिएको भेटिन्छन् । बुद्धको मूर्तिसँगै बघिनी र डमरुले बुद्धको त्याग र महापरिनिर्वाणको त्यो कथाकोे झझल्को दिन्छ ।
मनोबुद्ध डाँडामा प्रसस्तै छोरतेन देखिन्छन् । डाँडाभरि मन्त्र अंकित तोरण टागिएका छन् । बाटाभरि पर्यटक गाइडसँग वात मार्दै ओहोर दोहोर गरिरहन्छन् ।


राजधानी नजिकको पर्यटकीय गन्तव्य धुलिखेल पुग्ने धेरै बौद्धमागी पर्यटक नमोबुद्ध पुग्छन् । काभ्रेको वल्थलीबाट हाइकिङ्ग गर्दै नमोबुद्ध पुग्ने पर्यटकको नजिकको गन्तव्य नमोबुद्ध नै हो ।
नमोबुद्धमा साना होटल पाउन भने मुस्किल छ । स्तरिय होटल छन् । तर महँगो ।
नमोबुद्धलाई लुम्बिनी,स्वयम्भू र बौद्धसँगै बुद्ध सर्किटमा राखेर सरकारले पर्यटकीय गन्तव्यको रुपमा विकाश गर्ने योजना अघि सारेपछि नमोबुद्धप्रति सर्वत्र चासो बढेको छ । बुद्ध सर्किटमा परेसँगै नमोबुद्ध घुम्न पुग्ने पर्यटकको संख्यामा उल्यख्य बृद्धि भएको स्थानीय पर्यटन व्यवसायी बताउछन् ।


स्थानीय तामाङ्ग संस्कृती नमोबुद्धको अर्को आर्कषणको पाटो हो । तामाङ्ग संस्कृतीप्रतिम मोह हुनेहरु यहाँका होमस्टेमा बास बस्न सक्छन् । साधारण गाँउले परिभेष रहेको नमोबुद्ध क्षेत्र घुमफिर गर्ने जो कोहीले अनुभव गर्न सक्छ ।
नमोबुद्ध सिद्धार्थ गौत्तमको अघिल्लो जुनी विताएको ठाँउको श्रपमा लिइन्छ । राजा महारथका कान्छा सुपुत्र महासत्वले भोकाएकी सुत्केरी बघिनी र उसका डमरुहरुलाई बचाउन प्राण आहुती दिएर शरिर दान गरेको कथासँग जोडेर नमोबुद्धलाई पवित्र धामको रुपमा लिइन्छ । महासत्व बुद्धको अघिल्लो स्वरुप थियो ।

कसरी जाने
नमोबुद्ध जानका लागि काठमाढौंबाट ६० किलोमिटर बाटो पार गर्नु पर्छ । भक्तपुरबाट बनेपा धुलिखेलको विपि राजमार्ग हुँदै काभे्र भञ्ज्याङ्ग पुगिन्छ ।त्यहाँबाट उकालो कालोपत्रे बाटो पार गर्नुपर्छ । यो बाटो हुँदै अघि बढ्दा फुलवारी दाप्चा तर्फ जान सकिन्छ । फुलबारीबाट २ किलोमिर अगाडि श्यामपाटी भन्ने ठाँउ पुगिन्छ । यही नजिक छ नमोबुद्ध ।

प्रकाशित मिति : १० जेष्ठ २०७६, शुक्रबार  १२ : ०७ बजे