२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


ललितपुरमै छ प्रसिद्ध पाथिभारा मन्दिर


१२ जेष्ठ २०७६, आइतबार  

0
Shares


लपु संवाददाता
२६ भदौं ०७९, ललितपुर । पाथिभारा दर्शन गर्ने धोको पालेर बस्ने भक्तजनका लागि खुशीको खबर छ । ललितपुरको नल्लुमा ताप्लेजुङ्गको प्रतिर्किती स्वरुपमा पाथिभारा मन्दिर निमार्ण गरिएको छ । मनोरम पहाडको फेदीमा रहेको पाथिभारा पुग्न ललितपुरका लगनखेलबाट एक घण्टा लाग्छ । ।
चारैतिर जंगलको बीचमा रहेको पाथिभारा मन्दिर रमाइलो ठाँउमा छ । कोञ्ज्योसोम गाँउपालिकाबाट १० लाख र वडा कार्यालय बाट ३ लाख लगानी गरेर पाथिभारा जान भर्खरै सडक स्तारोन्नती गरिएको छ ।


पुजारी श्याम सिलवालका अनुसार पाथिभारा मन्दिरमा शनिबार भिड हुन्छ । सार्वजनिक विदाका दिन पनि उत्तिकै दर्शनार्थी आउछन् । देविको तिथिमा पनि उस्तै ।
ललितपुरकी पूजन वस्नेतलगायतको टोली केही बर्षअघि ताप्लेजुङ्ग पाथिभारा पुग्यो । ताप्लेजुङ्गको पाथिभारा जान साह्रै कठीन थियो । पहाड चढ्नु पर्ने लेक लाग्ने काठमाडौंका धेरै दर्शनार्थीहरु पाथिभारा मन्दिर जान नसकेको देख्दा काठमाडौंनजिकै पाथिभाराको मन्दिर बनाउन मन लागेपछि नल्लुमा यो मन्दिर निर्माण गरेको बस्नेतले वताइन् ।


पाथिभारा मन्दिर बनाउने क्रममा ताप्लेजुङ्गको पाथिभारा मन्दिर जस्तै प्रतिकृर्ति रुप सेतिगणेश,कान्छीमा,कञ्चन गणेश,महाकाली, माहालक्ष्मी, महासरस्वती,दुर्गा,शिव र पाथिभारा देविको मूर्ति निर्माण गरिएको छ । दोश्रो पल्ट निर्माण टोली पाथिभारा पुगेर आज्ञा स्वरुप विशेष बस्तु ल्याएर कलश यात्रा गरि नवाहा गरेर २०६८ साल चैत्र अष्ठमीको दिन वैदिक विधिद्वारा दशादिवास गरेर प्राणप्रतिष्ठा गरिएको थियो । यहाँ हरेक वर्ष चैत्र अष्ठमी दिन बार्षिकोत्सव मनाउने गरिन्छ ।
पाथिभारा मन्दिर निर्माणका लागि स्थानीय जय बहादुर स्याङ्गतानले ५ रोपनी जग्गा दान गरेका हुन् ।


मन्दिरमा संकलन भेटीबाट नयाँ ायाँ संरचना निर्माण भइरेहको छ । मन्दिरको परिसरमा पाटीहरु निर्माण गर्ने पर्खाल लगाउने काम भेटीबाटै भइरहेको छ । पाथिभारा प्रतिकृति मन्दिर मुल समितीले व्यवस्थापन गरिरहेको पुजारी सिलवालले जानकारी दिए ।

कसरी जाने
लगनखेल, सातदोवाटो, चापागाँउदोवाटो, सुनाकोठी ठेचो, चापागाँउ, टिकाभैरव, लेले हुदै नल्लुतर्फ उकालो कालोपत्रे बाटो लाल्ने । नल्लु डाँडामा पुगेपछि तेर्सो कच्ची बाटो भेटिन्छ । केही समय तेर्सो बाटो अघि बढेपछि उरालो बाटो पर गर्नुपर्छ । नल्लु खोला तरेपछि १५ मिनेटको उकालो बाटो अघि बढेपछि पासथिभारा मन्दिर पुगिन्छ । लगनखेलबाट ललितपुरको लेलेसम्म बस लाग्छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतबार  २ : ४१ बजे