६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विद्यार्थी बढाउन सेनेटरी प्याड वितरण


१४ जेष्ठ २०७६, मंगलबार  

0
Shares

सेनेटरी प्याड विरण गरिदै । तस्व्रि ः पव्लिक न्युज एजेन्सी


पव्लिक न्युज एजेन्सी
१४ जेठ ०७६,विरगञ्ज । सामुदायिक विद्यालयमा छात्रालाई टिकाई राख्न वीरगन्ज महानगरपालिकाले सेनेट्री प्याड वितरण कार्यक्रम सुरु गरेको छ । विद्यालयमा अध्ययनरत रज्जस्वला हुने उमेर समूहका छात्राको पठनपाठनमा बाधा व्यवधार हुन नदिने उद्देश्यले निःशूल्क प्याड वितरण सुरु गरेको हो ।

महानगर भित्र रहेका ३१ विद्यलायमा अध्ययनरत ५ हजार ५ सय भन्दा बढी छात्राहरुको मासिक आवश्यकता पुरा हुने वीरगन्ज महानगरपालिकाले जनाएको छ । वीरगन्जको श्री सुन्दरमल रामकुमार कन्या माध्यमिक विद्यलायमा बिहिबार बिहान एक कार्यक्रमको आयोजना गरी छात्राहरुलाई निःशूल्क प्याड वितरण वितरणको आरम्भगरिएको छ ।

कन्या माध्यमिक विद्यलायमा आयोजित कार्यक्रममा सहभागी रहेका ३१ विद्यलायगका प्रधानाध्यापकहरुलाई नगर प्रमुख विजय कुमार सरागीले छात्राका लागि विद्यायलका प्रधानाध्यपकलाई प्याड हस्तान्त्राण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सरावगी प्याड वितरण कार्यक्रमले छात्राको मलोबल बढाउने विश्वास व्यक्त गरे । उनले रज्जस्वला बेला विद्यलाय आउने छात्राले विभिन्न खाले मनावैज्ञानिक समस्या खेप्दै आएकोमा अब उपरान्त त्यस्ता समस्याको समाधान भएको बताउँदै छात्राको विद्यालय प्रतिको आकर्षण बढनुको साथै अध्यनमा पनि चाखबढने बताए ।

नगरप्रमुख सरावगीले प्याड सहज रुपमा प्राप्त गर्न महानगरपालिकाले चाँडै ब्यान्डिङग र डिस्टोया गर्ने मेसिन विद्यालयमा जडान गर्न लागिएको जानकारी दिँदै उनले ३० हजार थान प्याड उपलब्ध गराई सहयोग प्रदान गर्ने राउण्ड टेबल वीरगन्जका पदाधिकारी तथा सम्पूर्ण सदस्यहरुलार्ई धन्वाद व्यक्त गरेका थिए। उनले विद्यालयमा तोकिएका महिला फोकल व्यक्तिका रुपमा चुनिएका शिक्षिकाहरुलाई पनि विद्यालयमा छात्राहरुलाई उत्पन्न हुने समस्याहरुको न्यूनिकरण प्रति गम्भिर हुन अनुरोध समेत व्यक्त गरे।

वीरगंज महानगरपालिका नगर प्रमुख सरावगीको अध्यक्षतामा सम्पन्न भएको प्याड बितरण कार्यक्रममा उपमेयर शान्ति कार्की, राउण्ड टेबल नेपालका सौरभ केडिया, वडा नम्बर ४ का वडा अध्यक्ष जगत साह कानु, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम वन्जारा लगायतकाले महानगरपालिकाले छात्राको लागि सुरुगरेको यो कार्यक्रम धेरै राम्रो भएको बताउँदै यसबाट विद्यालयमा छात्राको संख्या बृद्धि हुने धारणासमेत व्यक्त गरे। । कार्यक्रममा लेडिज सर्कलका उपाध्यक्ष कविता खेतान, कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र कुवर लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलबार  ७ : १४ बजे