१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


इन्टरनेटले दिमागमा असर पर्ने तथ्य सार्वजनिक


२७ जेष्ठ २०७६, सोमबार  

0
Shares

इन्टरनेटको बढी प्रयोगले हाम्रो दिमागमा परिवर्तन आउने र ध्यान, स्मरणशक्ति र सामाजिक सम्पर्क प्रभावित हुनसक्ने रहस्य अस्ट्रेलियामा गरिएको एक अध्ययनले खुलासा गरेकोेछ । वर्ल्ड साइकाइट्री जर्नलमा प्रकाशित उक्त शोधका अनुसार इन्टरनेटले ज्ञानको विशेष क्षेत्रमा तीव र दीर्घकालीन परिवर्तन गर्न सक्छ ।
ब्रिटेनको अक्सफोर्ट र अमेरिकाको हार्वर्ड विश्विद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धार इन्टरनेटले कसरी सुक्ष्म रूपमा परिवर्तन ल्याउँछ भन्ने विषयलाई आधार बनाए उक्त शोध गरिएको हो । यो अनुसन्धान मनोवैज्ञानिक, मनोचिकित्सा र न्युरोइमेजिङ शोधबमोजिम आएको निष्कर्षका आधारमा तयार पारिएको हो ।
इन्टरनेटबाट दिमागमा असर
अस्ट्रेलियाको वेस्टन सिड्नी विश्वविद्यालयका सिनियर रिसर्च फेलो जोसेफ फर्थका अनुसार अनुसन्धानका क्रममा इन्टरनेट धेरै प्रयोग गर्दा दिमागका धेरै भागहरू प्रभावित हुने गर्दछन्। उदाहरणका लागि इन्टरनेट प्रयोगका क्रममा लगातार आउने नोटिफिकेसन र सूचनाले हाम्रो ध्यान त्यसतर्फ खिच्छ। जसका कारण कुनै एउटा काममा ध्यान लगाउने क्षमता प्रभावित हुन्छ ।
अनुसन्धान प्रतिवेदनमा लगातार इन्टरनेट चलाउँदा दिमागको संरचना, कार्य र संज्ञानात्मक विकासमा कस्तो प्रभाव पर्छ भन्ने पनि उल्लेख गरिएको छ । पछिल्लो समय सामाजिक सञ्जालका साथै अनलाइन प्रविधिको विकासले अभिभावकका साथै शिक्षकविद्हरू पनि चिन्तित भएको पनि उल्लेख छ ।
डब्ल्युएचओको चेतावनी
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) इन्टरनेट प्रयोगबारे गाइडलाईन बनाएको छ। डब्ल्युएचओले सन् २०१८ मा सानासाना बालबालिकालाई १ घण्टाभन्दा धेरै स्क्रिनको सम्पर्कमा नराख्न भनेको थियो । पल्पिक न्युज एजेन्सी

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार  १० : ०१ बजे