१६ बैशाख २०८१, आइतबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दलचोकीमा भ्यूटावरको शिलान्याश


२७ जेष्ठ २०७६, सोमबार  

0
Shares

लपु संवाददाता

२७ जेठ ०७६, दलचोकी । ललितपूर जिल्लाको दलचोकीमा भ्युटावर बन्ने भएको छ । सोमबार दलचोकी चुचुरोमा प्रदेशसभा सांसद चेतनाथ सञ्जेलल सोमबार भ्युटावरको उद्घाटन गरेका छन् ।
कोञ्ज्योसोम गाउँपालिकाबाट २०७५र०७६मा विनियोजित ३२ लाख रुपैयाबाट भ्युटावर निर्माणको काम अघि बढाइएका भ्युटावर निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन घिमिरेले वताए । भ्यूटावरको निर्माणसँगै मनकामना मन्दिरको स्तरोन्नति, पिकनिक स्पोट र पार्क निर्माणको योजना अघि बढाइने उनको भनाई छ ।

भ्युटावरको शिलान्यास कार्यक्रममा बोल्दै सांसद चेतनाथ सञ्जेलले दलचोकीलाई नगरकोटजस्तै बनाइने योजना स्वरुप भ्यूटावर बनाउन लागेको वताए । उनले भने, धार्मिक पर्यटन पर्यापर्यटनको माध्यमबाट दलचेकीको विकाश गर्ने योजना सरकारको रहेको छ ।
गाउँपालिका अध्यक्ष गोपीलान तामाङ्गले कोञ्ज्योसोम गाँउपालिकामा पर्यटन विकाशका लागि विशेष रुपलेकाम गरिरहेको तर्क गरे । उनले भने,भारदेउमा त्रिमुर्ति प्रतिमा निर्माणसँगै भ्युटावर प्राथमिकता रहेको विचार व्यक्त गरे ।

प्रकाशित मिति : २७ जेष्ठ २०७६, सोमबार  ८ : ५७ बजे