१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रचण्डको घर अगाडिको खाल्टो कसले पुर्ला ?


७ असार २०७६, शनिबार  

0
Shares


लपु संवाददाता
७ असार ०७६, ललितपुर । हेर्दा पोखरी जस्तो देखिन्छ । भित्ताबाट पानी पनि आइरहेको छ । सडकको बीचमा गाडी अट्ने आकारको पोखरीमा सधैजसो पानी हुन्छ ।
ललितपुर ढोलाहिटी सडकमा रहेकोे एउटा पोखरी नजिकैबाट नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष दिनहु आउजाउ गर्छन् । अक्सर छोरीको घर जाँदा उनको गाडी यहि पोखरीमा डुबुल्की मार्ने स्थानीयहरु वताउछन् ।
यो सडकको पोखरी सुनाकोठी बस्तीबाट बगेर आएको पानीले बनेको हो । सडक निर्माणको क्रममा ढल निकास थुनिएर सडकमा पोखरी बनेको स्थानीय निलम राईले बताइन् । उनी भन्छिन्, अफिस जाँदा र घर आउदा सधै यही पोखरीमा मोटरसायकल डुबुलकी मारेर मात्रै हामी आउजाउ गर्न पाउछौं ।

सडक निमार्ण गर्नेलाई मात्रै दोष छैन । स्थानीय एक महिला व्यापारीले सडकको धुलो सहन नसकेर पोखरीमा पानी लगाउने गरेको स्वीकारिन् । भनिन्,‘दिनभर छारो धुलोले बाच्न सकिन्न । पानी जमे धुलो आउदैन भनेर सडकमा बनेको पोखरीमा हामीले नै
पानी भरेका हौं ।’
सडक विग्रेर सास्ती भएपछि स्थानीयको आन्दोलनपछि प्रचण्डको निर्देशनमा सडक विस्तार हुनु अघि नै उनको घर नजिकैसम्म कालोपत्रे भएको थियो ।
ऐतिहासिक सम्पदा क्षेत्र भएको कारण देखाउदै सुनाकोठीका स्थानीय सडक विस्तार विरुद्ध संर्घण समिती बनाएर आन्दोलित भएका छन् । स्थानीय वावुकाजी महतका अनुसार ढोलाहिटी सडक विस्तारको कुनै टुंगो छैन । उनी भन्छन्,‘खै प्रचण्डको घर अगाडिको यो खाल्टो कसले पो पुर्ला ?’

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ८ : २४ बजे