१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वागमती गाँउपालिकाको बजेट ४१ करोड


९ असार २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
९ फागुन ०६,ललितपुर । बागमतीको पाचौं गाउ सभामा गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम पेश गरेक छन् । साथै उपाध्यक्ष रन्जना घिमिरेले ४१ करोड २ लाख ३८ हजारको बजेट प्रस्तुत गरेका छिन् । बागमती गाउँपालिकाको पाँचौं गाउँ सभामा लामाले प्रस्तावित शीर्षक बजेट, योजना तथा कार्यक्रम पेश गरेकी हुन् ।
संघीय सरकार, प्रदेश सरकार, आन्तरिक स्रोतबाट जम्मा हुने गरी अनुमानित आय प्रक्षेपण गरी लामाले ४१ करोड २ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । जसमा अनुमानित पूँजीगत खर्चतर्फ ३५ करोड २४ लाख २८ हजार र अनुमानित चालु खर्चतर्फ पाँच करोड ७८ लाख रहेको छ ।
संघीय सरकारको वित्तीय अनुदानबाट ७ करोड ६ लाख, संघीय सरकारको राजस्व बाँडफाँड बाट ५ करोड १३ लाख, प्रदेश सरकारको राजस्व बाँडफाँड १ करोड ४४ लाख, प्रदेश वित्तीय समानीकरण बाट ८९ लाख प्राप्त हुने भएको छ ।
ढुंगा र बालुवाको आम्दानी सवा २ करोड
रजिष्ट्रेशन दस्तुरबाट ५० लाख, आन्तरिक स्रोत (ढुंगा गिटी बालुवा) बाट २ करोड २६ लाख, जिल्ला समन्वय समितिबाट प्राप्त हुने मौज्दात कोषको रकम ४ करोड प्राप्त हुने अनुमान गरिएको छ ।
संघीय सरकार र प्रदेश सरकारबाट सशर्त प्राप्त हुने १८ करोड १५ लाख ३८ हजार तथा आर्थिक वर्ष २०७५र०७६ बाट बाँकी हुन आउने रकम ८९ लाख यो आर्थिक वर्षमा जम्मा हुने प्रक्षेपण गरिएको छ । यस वर्ष कृषि र पर्यटन दुवैलाई प्राथमिकतामा राखी बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिकाले अघिल्लो वर्षकै कार्यक्रम अन्तर्गत जनतासँग अध्यक्ष कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले स्थानीयस्तरमा विकास निर्माण, कृषि, शिक्षा लगायत क्षेत्रमा कलम चलाउने स्थानीय पत्रकारलाई सम्मान गर्ने भएको छ । गाउँपालिकाले उपाध्यक्ष महिला सशक्तिकरण, एकल पुरुष भत्ता, जनजाति उत्थान कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
गाँउपलिकाको कार्याालयका लागि जग्गा खरिद गरेको गाउँपालिकाले आगामी वर्ष भवन निर्माण गर्न बजेट विनियेजन गरेको छ । पर्यटन विकास कार्यक्रम अन्तर्गत राडर क्षेत्रलाई पर्यटकीय क्ष्ोत्र बनउने भन्दै बजेट राखेको छ ।
गाउँपालिकाले माझखण्डको रुद्रेश्वर महादेव मन्दिर निर्माण गर्न बजेट विनियेजन गरेको छ । विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि विद्यालय सुधार कार्यक्रम , खेलकुद विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले अध्यक्ष कप खेलकुद प्रतियोगिता गर्न पनि बजेट छुट्याएको छ ।
गाउँपालिकाले बाँकी रहेका वडा र गाउँका लागि सडक निर्माण तथा स्तरउन्नती गर्न बजेट छुट्याएको छ । बागमती गाउँपालिकालाई कृषि र पर्यटनको हिसावले चिनाउने उद्देश्यले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी बजेट ल्याइएको गाउँपालिकाका प्रमुख वीरबहादुर लोप्चनले जानकारी दिए ।

प्रकाशित मिति : ९ असार २०७६, सोमबार  १० : ३२ बजे