१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरे नेताको रोपाई मोह


१५ असार २०७६, आइतबार  

0
Shares


लपु संवाददाता
१५ असार ०७६, ललितपुर । आइतबार ललितपुरको टिकाभैरवमा सासंद नवराज सिलवाल धानको माला लगाएर खेतमा कोदाली चलाउदै गरेका थिए । अर्का सासंद चेतनाथ सञ्जेल पनि त्यही धान रोप्दै थिए । ललितपुरकै सासंद लालकुमारी पुन पनि बडीखेलमा छुपुछुपु धान रोप्दै थिइन् । उता नेता उदय शम्सेर राणा पनि चन्द्रागिरीमा धान रोप्न पुगे ।


आइतबार २०७६ को असार पन्ध्रका दिन ललितपुरका नेताहरुको दिन यसरी नै वित्यो ।

हरेक वर्ष झैं धान दिवसको अवसरमा यस्ता धेरै टेलीहरु शहरबाट सुकिला लुगा लगाएर लावालस्कर गाँउ घरतिर पुग्यो । धान रोपे झैं ग¥यो । अनि हिलो खेलेर फर्केको छ ।


आइतबार ललितपुरको काँठ क्षेत्रका फाँटमा कही न कही रोपाई कार्यक्रको आयोजना गरिएकै देखिन्थ्यो । कहि सहकारी संघ संस्था कही,सरकारी निकाय वा राजनीतिक दल वा भातृ संस्थाले रोपाई आयोजना गरेका थिए ।
हिलो खेलेर रमाउने र खेतमा सेल्फी खिच्नेहरुको यस बर्ष पनि बाहुल्य थियो । राजनीतिक आस्थाका आधारमा गरिने कतिपय रोपाई कार्यक्रम कार्यकर्ताको भिड जम्मा गर्ने र मेलो नसकि खेत खुदेर रोपाई अलपत्र पारेर फर्कने देख्न सकिन्थ्यो ।


शहरबाट धान दिवस मनाउन जाने धेरै युवाहरु हिलो खेल्ने बाहाना खोजे झै लाग्थ्यो । यस्ता खाले रोपाई कार्यक्रमले किसानको मेलो अल्झेको धेरै किसानले गर्न थालेको चर्चा हुने गरेको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १० : २३ बजे