१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सडक राम्रो बनेपछि गाउँलेलाई सम्मान


१७ असार २०७६, मंगलबार  

0
Shares


लपु संवाददाता
१७ असार ०७६, ललितपुर । ललितपुर गिम्दीको मगरगाँउ–बाजगाँउसडक उत्कृष्ट निर्माण गरेको भन्दै उपभोक्ता समितीलाई सम्मान गरिएको छ । स्थानीय जयराम स्याङ्तानको अध्यक्षतामा गठित उपभोक्ता समितिले बजेट बिनियोजन भएको एक महिनाभित्रै उक्त सडक निर्माण गरेपछि सम्मान गरिएको हो ।
सोमबार प्रदेश सांसद चेतनाथ सञ्जेलले बाटो उद्घाटनपछि बोल्दै हालसम्मकै उत्कृष्ट सडक बनेको प्रतिकृया दिए । ललितपूर क्षेत्र नं १ प्रदेश ३ का प्रदेशसांसद चेतनाथ सञ्जेलले अघिलो आर्थिक वर्षमा छुट्याएको ५० लाख बजेटबाट यो सडक निर्माण गरिएको थियो । यो सडक गिम्दी मगरगाउँबाट शुरु भई बाँजगाउँ हुँदै चमेरो गुफासम्म लैजाने योजना छ ।
दक्षिण ललितपुरको दुर्गम स्थलमा रहेको चमेरे गुफा उत्कृष्ट पर्यटकीय स्थलको रुपमा दरिने अपेक्षा अनुसार यस ठाँउसम्म सडकमार्ग पु¥याउन लागिएको सासंद चेतनाथ सञ्जेलले बताए ।

वागमती गाँउपालिका ७ का वडाध्यक्ष नवराज सञ्जेलले सडक निर्माणपछिे गिम्दीको विकट बाजगाउँ, स्यालभन्ज्यांग, शिखारथुमलगायतका गाँउलेले उत्पादन गरेका कफी, तरकारीलगायत कृषिजन्य पदार्थ शहर पुग्ने हुँदा स्थानीयको आर्थिक हैसियत बढ्ने बताए ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार  ९ : ०७ बजे