१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सिरहामा अपराधी र हिंसाका घटना बढ्दै


२० असार २०७६, शुक्रबार  

0
Shares

महेश सिंह महतो
२० असार ०७६, सिरहा । ईन्सेकले सिरहामा बलत्कार, बहुबिवाह,घरेलु हिंसालगायत घटनाहरु दिनानुदिन बढदै गएको देखिएको छ । मानवअधिकार संरक्षण केन्द्र संजाल सिरहा र अनौपचारिक क्षेत्र सेवा केन्द्र ,इन्सेक सिरहाको समन्वयमा आयोजित कार्यक्रममा सिरहामा एक बर्षको अबधिमा घटेको घटना सार्बजनिक तथा अन्तरक्र्रिया कार्यक्रममा सो तथ्य खुलेको हो ।
यहाँ गतबर्षको ६ महिनामा यहाँ १३ घटना भएको देखिएको छ । मादक पदार्थ सेवन गरि महिला हिंसा गर्ने घटना बढ्दै गएको लहान ३ बस्ने महिला गुलजार देबिले कार्यक्रममा दुखेसो पोखिन् ।
ईन्सेकका जिल्ला संयोजक जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख उमा प्रसाद चतुर्बेदी,ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रियाल, मानव अधिकारकर्मी अधिबकता शुनिल साह, देबराज पोखरेललगायत कार्यक्रममा उपस्थित थिए ।
ग्त बर्षकोे घटनाहरमा गोलिबाट घाइते १ जना पुरुष , हत्या ३ महिला ,कुटपिट १ पुरुष , बलात्कार (बालिका)१४ जना, बलात्कार प्रयास (बालिका) २ जना , बलात्कार(महिला)१० जना, बलात्कार प्रयास (महिला) २ जना , बालयौन दुरब्यवहार २ जना, बोक्सीको आरोप १ जना, बहुबिवाह १० जना, हत्या प्रयास १ जना, बालबिवाह ४ जना, आग्जनी १, गिरफ्तार १ जना लगायतका घटना घटेको इन्सेकको जिल्ला प्रतिनिधि दुर्गा पेरियारले बताए ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार  २ : १२ बजे