३ जेष्ठ २०८१, बिहिबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


छुट्टी मनाउन दलचोकी राइजिङ्ग होमस्टे


२५ असार २०७६, बुधबार  

0
Shares


लपु संवाददाता
२५ असार ०७९, दलचोकी । काठमाडौंको हिलो,चिप्लो अनि होहल्ला । व्यस्त टेन्सनको जीन्दगी छोडेर कतै शान्त र एकान्तमा रमाउन मन छ । दलचोकी राइजिङ्ग होमस्टे जानुस् ।
ललितपुरको पर्यटकीय गन्तव्य दलचोकीको रमाइलो वातावरणमा रमाउन सक्नु हुनेछ । तपाईलाई दलचोकी राइजिङ्ग होमस्टे स्वागत गर्न आतुर छ । गाँउले परिभेष रहेको यहाँको होमस्टेमा पारिवारिक वातावरणमा रमाउन सकिन्छ ।


वर्षा सिजनमा दक्षिण ललितपुरका पहाड पुरै हरियो रंगमा वदलिन्छन् । यहाँको होमस्टेबाट देखिने शंखु,भट्टेडाँडा,नल्लु,भारदेउ र कालेश्वरका गाँउहरु झन् सुन्दर लाग्छन् ।
संचालक शेखर कार्कीका अनुसार दलचोकी होमस्टेको कोठाबाट फुल्चोकीको सूर्योदय हेर्न पाइन्छ । उनी भन्छन्,‘विहान निन्द्रामा मस्त पाहुना कोठामा झलमल घाम लागेपछि व्युजिन्छन् । वार्दलीबाट उत्तरका सबै हिमाल देखिन्छन् ।’


मौसम खुल्दा दलचोकीबाट उत्तरतर्फका धेरै हिमालका चुचुरा देखिन्छ । यहाँबाट मनास्लु,गणेश,लाङ्गटाङ्ग,दोर्जे लाक्पालगायतका हिमाल देखिन्छन् । हिउदमा झरि पर्दा दलचोकीमा उत्तिकै हिउ पर्छ । हिउ खेल्नेहरु दलचोकी होमस्टेमा बास बस्न आइपुग्छन् । यहाँबाट काठमाडौं उपत्यकाको रात्रीकालीन दृश्य औधि रमाइलो देखिन्छ । कचौरा आकारको काठमाडौं उपत्यकामा पिलपिल बत्ती बलेको आकाशमा तारा चम्के झैं देखिन्छ । विमानस्थलमा हवाई जहाज उडेको र बसेको दृश्य पनि हेर्नलायक हुन्छ ।
होमस्टेमा लोकल भाले पाइन्छ । आवश्यक परे होमस्टेकै गोठमा पालेको खशीको मासु पनि उपलव्ध छ । यहाँ सिजन अनुसारको गाँउकै आर्गानिक तरकारी पाइन्छ ।


होमस्टेमा रात विताउन कमन रुम वा प्राइभेट रुम दुबै प्रयोग गर्न पाइन्छ । कमन रुममा प्रति व्यक्ति २४० मात्रै शुल्क लाग्छ । रुमको भने १ हजार मात्रै । दलचोकीमा पुगेर टेण्टमा रात विताउन पनि पाइन्छ ।
२ हजार ३ सय उचाईमा रहेको छ ।
होम स्टेमा शुक्रबार र विदाको दिन अलि भीड हुन्छ अन्य दिन प्रायः खाली नै हुने सञ्चालक वाल्मिकी आचार्य वताउछन् ।


दलचोकीको मौसममा विविधता पाइन्छ । याहा कुन बेला घाम लाग्ने वा पानी पर्ने कुनै टुंगो हुदैन । बेला बेलामा कुइरोले दलचोकी धुम्म हुन्छ । दलचोकीको शान्त वातावरणमा दर्के झरीमा काठमाडौंको टेन्सन बिर्सेर बस्नुको मज्जा बेग्लै हुन्छ ।


दलचोकी होमस्टे नजिकै प्रसिद्ध मनकामना मन्दिर पनि छ । होमस्टेमा बास बसेर एकाविहानै मनकामनाको दर्शन गर्न सकिन्छ । दलचोकी होमस्टेबाट आधाघण्टा तल झरेपछि उपत्यकाकै प्रसिद्ध पाथिभारा मन्दिर पुग्न सकिन्छ ।
होमस्टेमा गोष्ठी सेमिनार हल पनि उपलव्ध छ । यहाँ १ सयजना सम्म अट्ने हल छ ।
होमस्टे नजिकै भ्यूटावर बन्दै छ । केही समयपछि यहाँको भ्यूटावरबाट राजधानी चिहाउने यात्रुको संख्या बढ्ने अनुमान छ ।
कसरी पुग्ने ?


दलचोकी जान सझिलो छ । सातदोवाटोबाट सुनाकोठी ठेचो हुदै चापागाँउलेलेतर्फ अघि बढ्नुस् । लेले नपुग्दै टिकाभैरवबाट कान्ति लोकपथको बाटो भेटिन्छ । बाटो नछोडी भट्टेडाँडातर्फ लाग्नुस् । कालोपत्रे बाटो छ । मल्ल होटलबाट १ किलोमिटर अगाडि बढेपछि जंगलको बीचमा विर्केधारा पुगिन्छ । यहाँबाट उकालो बाटो अघि बढ्नुस् । दल्चोकी पुगिन्छ । आजकल टिकाभैरवबाट विर्केधारासम्म भर्खर कालोपत्रे गरिएको छ । विर्केधाराबाट दलचोकीसम्म बाटो कच्ची छ । तर ग्राइभेल गरेको । सातदोवाटोबाट दलचोकीसम्मको दुरी २५ किलोमिटर मात्रै हो ।
के लैजाने ?


दलचोकी राइजिङ्ग होम स्टेमा बास बसेपछि विहान गाँउ घुम्न सकिन्छ । घुम्न जान स्पोर्ट जुत्ता लगाउनुस् । पहाडको उकालो ओरालो बाटो हिड्ने बानी छैन लठ्ठी टेक्दा राम्रो हुन्छ । वर्षे सिजनमा यहाँ जुनसुकै बेला पानी पर्न सक्छ । हिउदे सिजनमा दिउसो घाम लाग्छ । त्यसैले यात्रामा निस्कन छाता बोक्नु जरुरी छ । पहाडको उचाईमा रहेको दलचोकीमा अन्त भन्दा चिसो छ । बाक्लो कपडा बोक्दा राम्रो हुन्छ ।
कहाँ घुम्ने ?
विहान उठेर होमस्टे नजिकै रहेको मनकामना मन्दिरमा दर्शन गनर््ुस् । यहाँको मन्दिर उपत्यकाकै चर्चित मन्दिर हो । मनकामनाबाट शिला ल्याएर प्राण प्रतिष्ठा गरिएको यहाँको मन्दिरको धार्मिक महत्व छ ।


होमस्टेबाट माथितर्फ सडकै सडक प्रकृती प्रेमी समूहको आश्रम जान सकिन्छ । जंगल यात्रा गर्ने मन छ भने खुर्सानीबारी हुँदै तीनपाने भञ्ज्याङ्ग पुगेर फर्कन सकिन्छ । भ्यू टावर निमार्ण स्थलबाट राजधानी हेर्न मज्जा आउछ । त्यसका लागि १५ मिनेटको ठाडो उकालो चढ्नु पर्छ ।
होमस्टेबाट तल गोठभञ्ज्याङ्ग हुँदै पाथिभारा मन्दिर पुगेर दर्शन गर्न सकिन्छ । यहाँ सम्म पुग्न हिड्ने बानी नभएकालाई ४५ मिनेट लाग्छ । बाटो राम्रो छ । सडकै सडक हिड्न पाइन्छ ।


यहाँको विशद्ध गाउले परिभेषले आगन्तुकलाई लोभ्याउछ । पुराना पाराका घरहरु अर्को आर्कशण हो । मेलापात, घाँस दाउरा गर्ने किसानी जीन्दगी हेर्न शहरीया परिभेषमा हुर्केकाहरुका लागि नौलो हुनसक्छ ।

प्रकाशित मिति : २५ असार २०७६, बुधबार  ३ : ३५ बजे