११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरमा पहिरो,सडक ठप्प र घर जोखिममा


२६ असार २०७६, बिहिबार  

0
Shares


लपु संवाददाता
२६ असार ०७६, ललितपुर । बुधबारदेखि परेको अविरल बर्षापछि दक्षिण ललितपुरका सडक भत्केर आवागमन ठप्छ छ । वर्षापछि पहिरो जाँदा स्थानीयहरुको घरबास जोखिममा परेको समाचार प्राप्त भएको छ ।
दक्षिण ललितपुरको चौघरे ठोस्नेखोला मोक्तानडाँडा भन्ने ठाँउमा पहिरो जाँदा सडकमाथि रहेको रहेको शिव प्रसाद घिमरे र इन्द्र प्रसाद घिमिरेको घर जोखिममा परेको छ । साथै सो पहिरोका कारण दुध संकलन केन्द्र र वाघ भैरव सहकारी रहेको भवन समेत जोखिममा परेको शिवप्रसाद घिमिरेले जानकारी दिएका छन् ।

मध्यमार्गी सडकको विभिन्न ठाँउमा पहिरो गएको छ । पहिरोकै कारण उन्युचौरबाट शंखु जाने बाटोसमेत ठम्प रहेको जानकारी प्राप्त भएको छ ।
दक्षिण ललितपुरमा अझै सिमसिम पानी परिरहेको कारण पहिरो बढ्न सक्ने सम्भावना छ ।
वर्षाकै कारण ४ दिनदेखि मध्यमार्गी सडक बवरुद्ध छ भने सडक नहुँदा स्थानीय किसान दुध र र तरकारी बोकेर वैकल्पिक बाटोसम्म पु¥याउन बाध्य छन् । चौघेका स्थानीयले मंगलबार र बुधबार नल्लुमाथि देउरालीसम्म भारी बोकेर सामान पु¥याएका थिए ।


केही दिन अघि नल्लु गोटिखेलको पुरानो बाटो रातमाटे भन्ने ठाँउमा पहिरो गएको थियो । यो सडक महाँकाल गाँउपालिकाले मेसिन लगाएर हटाएको थियो ।
पहिरोकै कारण उन्युचौर केपलडाँडा हुँदै गोटिखेल जाने बाटो पनि बन्द अहिले बन्द छ ।
प्युटारको सिम्ले गाँउमा पहिरो जाँदा गोठ जोखिममा परेको समाचार छ । कान्तिलोकपथ र अन्य सहायक मार्गमा पहिरो गएको खबर छ ।

प्रकाशित मिति : २६ असार २०७६, बिहिबार  १२ : २६ बजे