१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


झरुवाराशीमा चर्तुमास शुरु


२९ असार २०७६, आइतबार  

0
Shares


लपु संवाददाता
२८ असार ०७६, ललितपुर । ललितपुर झरुवाराशीस्थित तारक्षेश्वर महादेव मन्दिर परिसरमा चर्तुमासा ज्ञानमहायज्ञ शुरु भएको छ । १०८ श्रीमत्भागवत स्वर्णकल्यार्ण सेवा परिषद्को आयोजनामा शुरु यस अनुष्ठान असार २७ हरिशयनी एकादशीदेखि कार्तिक २२ गते हरिबोधनी एकादशीसम्म चर्तुमासा (४ महिना) महायज्ञ चल्ने छ ।
यस कार्यक्रममा प्रवचन नारीरत्न विदुषि अनुराधा शाश्त्री र गुरु श्रीधर घिमिरेले गर्नेछन् । कथावाचन हरेक दिन अपरान्ह ३ बजेबाट शुरु हुने स्वर्णकल्याण परिषदका संकल्पकर्ता मुमुक्ष उद्धव शर्माले जानकारी दिए ।


चर्तुमास महायज्ञमा वैदिक विधि अनुसार नित्य भजन पूजापाठ हुनेछ ।
कथावाचन शुरु हुनुअघि तारक्षेश्वर मन्दिर झरुवारासीबाट लक्ष्मीनारायण मन्दिर तासिन्चोक हुँदै यज्ञ स्थलसम्म कलश यात्रा गरिएको थियो ।

प्रकाशित मिति : २९ असार २०७६, आइतबार  ७ : ५४ बजे