१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कसले बाँड्यो ललितपुरमा बढीपिडितलाई राहत


३० असार २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
३० असार ०७६, ललितपुर । ललितपुरमा बाढीबाट क्षति पुगेको परिवारलाई राहत वितरण शुरु भएको छ । गतविहीबारदेखि २४ घण्टा भएको निरन्तरको वर्षापछि दक्षिण ललितपुरमा क्षति ज्यादा छ । बाढीबाटै ललितपुरमा ६ जनाको मृत्यु भएको थियो ।
गोदावरी नगरपालिकाले सोमबारबाट बाढीबाट पूर्ण रुपमा घर क्षति हुनेलाई रु २५ हजार वितरण गर्ने कार्यक्रम रहेको मेयर गजेन्द्र महर्जनले वताए । उनका अनुसार घरमा बस्न नहुने परिवारलाई नगरपालिकाले १० हजार राहत दिनेछ ।
गोदावरीमा वाढीबाट ८०÷९० घर क्षति भएको नगरपालिकासँग रेकर्ड छ । ललितपुर रेडक्रसले आइतबार गोदावरीको देविचौरमा १२ परिवारलाई भाँडाकुँडा वितरण गरेको छ ।
ललितपुरकै सासंद लालकुमारी पुन भने नल्लु चौरघरे र भारदेउ क्षेत्रमा आइतबार पुगेकी छिन् । लालकुमारीले जिल्ला प्रशासन कार्यालयबाट ५० कम्मल, ५ टेण्ट,३० थान तार जाली बोकेर गएकी थिइन् । स्थानीय स्तरमा बास्तविक पिडितहरुको डाटा संकलनपछि वितरण गर्न भन्दै गाँउपालिका अध्यक्ष गोपिलाल सिङ्गतानलाई बुझाएर पुन फर्केकी छिन् ।
सासंद नवराज सिलवालले ललितपुरमा वाढी पिडितको व्यवस्थापनमा समस्या नरहेको वताउछन् । उनका अनुसार आवश्यक ठाँउमा पाल वितरण भइसकेको छ । जोखिम रहेको ठाँउका स्थानीयलाई सरिएको छ ।
दक्षिण ललितपुरमा सडक अवरुद्ध हुँदा राहत पु¥याउन समस्या परेको प्रदेश सासंद चेतनाथ सञ्जेलले बताए । उनका अनुसार सडक र विद्युत्को समस्या समाधानपछि राहत बाड्न जान सकिन्छ ।
वागमती गाँउपालिकाका अध्यक्ष विर बहादुर लोप्चनका अनुसार राहत वितरणका लागि गाँउपालिकामा लगत संकलन भइरहेको छ । मंगलबारसम्म लगत आएपछि छलफल गरेर मात्रै राहत वितरण गर्ने योजना रहेको लोप्चनले बताए ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १० : ०३ बजे