६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


दक्षिण ललितपुरमा राहत लिएर हेलिकप्टर उड्यो


३० असार २०७६, सोमबार  

0
Shares

त्रिभुवन विमानस्थलमा हेलिकप्टरमा त्रिपाल राखेपछि वडाध्यक्ष नवराज सञ्जेल ।

लपु संवाददाता
३० असार ०७६, ललितपुर । भारी वर्षाका कारण दक्षिण ललितपुरको स्थलमार्ग अवरुद्ध भएपछि सासंद नवराज सिलवालले राहत बाड्न हेलिकप्टर पठाएका छन् । आज साँझ ५ बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट वागमती गाँउपालिका ७ का वडाध्यक्ष नवराज सञ्जेल त्रिपाल र व्याङ्गकेट बोकेर गोटिखेलतर्फ उडेका हुन् । हेलिकप्टर सामान बोकर प्युटार पनि जानेछ ।
सासंद नवराज सिलवालले गोटिखेलका लागि २५ वटा कम्मल र २५ वटा त्रिपाल पठाइएको पुष्टि गरे । उनले भने,‘त्यतिकै मात्रामा कम्मल र त्रिपाल प्युटार पनि पठाइएको छ ।’

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा कम्मल हेलिकप्टरमा राख्दै सैनिक । तस्विर ः नवराज सञ्जेल


गोटिखेलका लागि पठाइएको सामान मानिखेलमा हेलिकप्टरले झरेको सिलवालका नीजि सचिव राजेन्द्र न्योपानेले जानकारी दिए । उने भने,‘प्युटारमा पठाइएको सामान पुगेको नपुगेको टेलिफोन सेवा अवरुद्ध भएका कारण जानकारी आइसकेको छैन । पुग्यो होला ।’

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ७ : २४ बजे