१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


एकपल्ट घुमौं न वालाजु वाइसधारा पार्क


१ श्रावण २०७६, बुधबार  

0
Shares


लपु संवाददाता
१ श्रावण ०७६, वालाजु । क्रक्रिट जंगलले ढाकिएको राजधानीको कुना वालाजुमा एउटा सुन्दर पार्क छ । नागार्जुन जंगलको छेउमा रहेको यो बाइसधारा वाइस धारा पार्क हो । यस पार्कलाई राजा महेन्द्रले २०२६ सालबाट सञ्चालनमा ल्याएका थिए ।
वालाजुको वाइसधाराबारे ऐतिहासिक तथ्य खोज्दै जाँदा मल्लकालीन इतिहास खोतल्नु पर्ने हुन्छ । वालाजु क्षेत्रमा पानीको मुल फटेर जहाँ त्यही पानी बग्न थालेपछि पानी व्यवस्थापनका लागि तत्कालीन राजा प्रताप मल्लले २१ वटा धारा बनाएको इतिहासमा उल्लेख छ । यहाँ राजा रणबहादुर शाहको पालामा बीचमा ठूलो धारा राखेपछि बाइस धारा भएको हो ।


तर आजकल वालाजु क्षेत्रमा डिप बोरिङ्ग निर्माण बढ्दै जाँदा मुल दविएको स्थानीयबासी बताउछन् । यो पार्कलाई काठमाडौं महानगरपालिकाको वातावरण विभागले रेखदेख गर्दै आएको छ । नागार्जुन जंगलको छेउमा रहेको बाइसधारा उद्यानमा शित्तल हावा चल्छ ।
बाइसधारा प्रवेश गर्न प्रतिव्यक्ति २० रुपैया तिर्नुपर्छ । दैनिक २ सयदेखि ३ सय आगन्तुक बाइसधारा प्रवेश गर्ने गरेको बाइस धारा कर कार्यालयका प्रमुख निरञ्जन विक्रम बस्नेत वताउछन् । केही समयअघिसम्म यो पार्क अस्तव्यस्त थियो । यहाँका संरचनाहरु विग्रेका थिए । काठमाडौं महानगरपालिकाले सरसफाई, मर्मत सम्भार गरेर टिकट सिस्टम लागू गरेपछि अहिले यो पार्क चिटिक्क छ ।


वाइसधारा उद्यानमा शितला माई र गणेशको मन्दिर छ । यहाँ जलवाराही,वाल निलकण्ठको मन्दिरमा स्थानीयबासीले पूजा र दर्शन गर्न जान टिकट तिर्नु परेको शितलामाई भजन मण्डलका अध्यक्ष कृष्णलाल महर्जनले गुनासो गरे । कार्यालय प्रमुख बस्नेतले भने विहान ८ बजे र वेलुका ६ बजेपछिसम्म पार्क मन्दिरमा पूजा गर्नका लागि खुला राख्ने गरेको जानकारी दिए । उनले जात्रा र पर्वमा वाइसधारा पार्क खुला हुने बताए ।
वाइसधारा मन्दिरमा हरेक चैत्र पूर्णिमाको दिन मेला लाग्छ । यो दिन मेलामा काठमाडौं भक्तपुर र ललितपुरका श्रद्धालुको घुइचो लाग्छ ।

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार  ८ : ३६ बजे