६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सुनसान समन्वय समिति


३ श्रावण २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
३ असार ०७६, मानभवन । ललितपुर जिल्ला समन्वय समितीकी समन्वय अधिकारी दुर्गादेवि देवकोटा विहीबार कार्यालयमा सहकर्मीसँग कुराकानीमा व्यस्त थिइन् । कार्यालय सुनसान थियो । पार्किङ्गमा कर्मचारीको २÷४ वटा मात्रै मोटरसाइकल थिए । सधैजसो भिडभाड हुने चौर खाली थियो ।
जिल्ला समन्वय समिती प्रमुख अम्बरबहादुर खड्का पनि कार्यकक्षमा घुम्घुम्ती एक्लै बसेका भेटिए ।
संविधानले स्थानीय निकाय सरह भनेको तर सरकारले व्याख्या नगर्दा भुमिकाविहीन हुनु परेको प्रमुख खड्काले गुनासो गरे । समन्वय समितीको अहिलेको काम अनुगमन गर्ने मात्रै हो । खड्काले भने,‘हाम्रो अनुगमनको रिर्पोटमा अनुगमनमा गलत फेला परे पनि कसैले कारवाही गर्दैन । न त कसैले सोधखोज नै गर्छ । रिर्पोट थकिन्छ ।’
समन्वय अधिकारी दुर्गादेवि देवकोटा केही कामै नभएको वताउछन् । ‘जिल्लाका अधिकार गाँउ र नगरतिर गएपछि सुनसान भएको हो ।’ उनले भनिन् ।
कार्यालय सहयोगी भुवनप्रसाद पाण्डे कुनै दिन सेवाग्रही नआउदा सिन्को समेत भाच्न नपर्ने बताउछन् ।
जिल्लाका स्वास्थ्य र शिक्षा लयागतका कार्यालयमा समेत यस्तै सुनसान हुने कर्मचारीहरु बताउछन् ।

प्रकाशित मिति : ३ श्रावण २०७६, शुक्रबार  ७ : ३९ बजे