
महेश सिंह महतो
३ श्रावण ०७६, सिरहा । सिरहामा आज भीषण लागि आगलागी भएको छ । सिरहाको जिल्ला नापी कार्यालयमा आगलागी भएको छ । स्टोर रुम नजिक राखिएको जनेरेटरबाट आगो सल्केर कार्यालयमा आगजनी भएको नापी कार्यालय सिरहाका प्रमुख गिरीशकुमार लाल कर्णले बताए । आगलगीबाट काम नलाग्ने पुरा फाइल तथा जनरेटर पूर्ण रुपमा जलेर नष्ट भएको उनले बताए ।
आगो कर्मचारी, प्रहरी र वारुणयन्त्रको सहयोगमा एक घन्टापछी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले दियो । आगलगीबाट कुनै किसिमको मानवीय क्षति भने भएन ।
प्रतिक्रिया