३ जेष्ठ २०८१, बिहिबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फिचर


सुन्दर सिरुपातेमा माछाको मज्जा


६ श्रावण २०७६, सोमबार  

0
Shares

गोदावरीको एकान्त जंगलमा बसेर ट्राउट माछा खाँदै दिन विताउन मन छ ? बडिखेलको सिरुपाते ट्राउट रिर्सोट आउनुस् ।
सिरुपाते मुहानबाट कलकल बग्दै आएको सफा कञ्चन पानीमा हुर्केका माछा खान पाउनु यहाँको विशेषता हो । ट्राउट माछा खान नुवाकोटसम्म पुग्ने बानी परेका राजधानीबासीका लागि गोदावरी क्षेत्रको बडिखेल एउटा सुन्दर गन्तव्य हो । राजधानीबाट नजिक सुन्दर र शान्त वातावरण रहेको गोदावरी जंगलको चिसो हावा खाँदै सिरुपातेमा दिन विताउनुको बेग्लै मज्जा छ ।

सिरुपातेमा आउने पाहुनालाई बेग्लै स्वागत गरिन्छ । पार्किङ्गमा होटलका कर्मचारी छाता ओडाएर रिर्सोटसम्म पु¥याउने गर्छन् । पार्किङ्गमा कर्मचारीले खादा र फूल दिएर स्वागत गर्ने नयाँ चलन छ ।
सिरुपाते रिर्सोटको जंगलको रुखमा स–साना पारिवारिक कटेज बनाइएका छन् । कटेजको चकटीमा बसेर कोल्ड ड्रिङ्समा रमाउन सकिन्छ ।
बाँस र काठले बनाएका सुन्दर परम्परागत घरहरुले रिर्सोटलाई अझ सुन्दर बनाएको छ । रिर्सोटमा निरन्तर बग्ने कलकल पानीको आवाजले शान्तिको आभास मिल्छ । जंगलको कुनामा रहेको सिरुपाते वरपर विभिन्न रंगका चरा चुरुङ्गी आइपुग्छन् ।

मनसुनको सिजनमा सुरुपातेमा हरियाली छाएको छ । रिर्सोट पुग्नुअघि तरेली परेका खेतका गह्रा देखिन्छन् । यतातिर काँठको गाँउले परिभेषको दृश्यावलोकन गर्न पाइन्छ ।

सिरुपातेमा सबै घर बाँस र काठका छन् । यहाँका फूलबारी पनि उस्तै सुन्दर छ ।
यो रिर्सोटले १६ वर्षदेखि हजारौं पाहुनालाई सेवा दिइरहेको छ । सिरुपाते ट्राउट कलाकार,नेता,वकिल,सुरक्षाकर्मी,साहित्यकारको रोजाई पर्ने गरेको छ । यस सिसोर्टमा सभामुख कृष्णबहादुर महरा, प्रदेश ७ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतका नेता पाहुना बनेर आएका छन् ।

यहाँ सिजनमा काफल, ऐसेलु, मच्छेनोलगायत जंगली फलहरु लटरम्मै फल्छन् । सिरुपाते वरिपरि बेला बखलमा गोदावरी जंगलका मृग,घोरल,चित्तल लगायत जनावर पनि आइपुग्ने रिर्सोटका सञ्चालक राज घिमिरे वताउछन् ।
यहाँबाट तपेश्वर महादेवको मन्दिर, निर्माणाधिन भ्यूटावर हुँदै फुल्चोकी जाने हाइकिङ्ग रुट पनि छ । जंगल सफारीमा गोदावरी जंगल छँदै छ भने विहान बेलुका गाँउ टहलिने रुची हुनेहरुका लागि गाँउ बस्तीे हुँदै ललितघुम्ती झरुवाराशी, गोदावरी, विशंखुनारायणका बस्तीसम्म पुगेर फर्कन सकिन्छ ।


कसरी जाने ?
सिरुपाते ट्राउट रिर्सोट जान ललितपुरको सातदोवाटो हुँदै गोदावरी सडकबाट अघि बढ्नुपर्छ । हात्तिवन, हरिसिद्धि, ठैव र बाँडेगाँउ पार गरेपछि किटिनी चोक आइपुग्छ । यहाँबाट गोदावरीतर्फ नगई झरुवाराशी जाने बाटो समात्नुपर्छ । १ किलोमिटर अगाडि ओरालोको अन्तमा दुई वटा बाटो भेटिन्छ । यहाँबाट बायाँतर्फको बाटो हुँदै बडीखेलतर्फ जानुस् । ५ सय मिटरअघि छाता लिएर सिरुपातेका कर्मचारी तपाईलाई स्वागत गर्न बसिरहेका देख्नु हुनेछ ।
के खाने ?
सिरुपातेको स्पेशल मेनु ट्राउट माछा हो । यहाँ ट्राउट ग्रेभि, ट्राउट फ्राई र ट्राउट ग्रिलको मिठो स्वाद चाख्न पाइन्छ । ट्राउट खानुअछि आफैले फिसिङ्ग गर्ने सुविधा छ । यहाँ चिया,कफिदेखि ब्रेकफास्ट, लन्च र डिनरमा मिठा मिठा मेनु पस्कने सञ्चालक राज घिमिरे वताउछन् ।
याहाँ लामो समयसम्म प्रतिष्ठित होटलहरुमा काम गरेका व्यावसायिक कुक र वेटरले बनाएका हाइजेनिक फुट पकिने गरिएको घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १० : २२ बजे