११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर काँग्रेसले मनायो विपि जयन्ती


६ श्रावण २०७६, सोमबार  

0
Shares

विचार गोष्ठीमा सहभागीहरु ः तस्विर भिमसेन घिमिरे

लपु संवाददाता
६ साउन ०७६, नखिपोट । स्वर्गीय नेता बीपी कोइरालाको ३७औं स्मृति दिवस पारेर ललितपुर काँग्रेसले बिचार गोष्ठी आयोजना गरेको छ । पार्टी कार्यालय नखिपोटमा आयोजना गरिएको कार्यक्रममा जिल्ला नेताहरुको उल्येख्य सहागिता थियो ।
कार्यक्रममा बोल्दै आङ्गदाम्बेले नेकपा सरकारका प्रधानमन्त्रीले काम नगरि ठट्टा गरेर समय गुजारिरहेको वताए ।
सचिव भिसेन घिमिरेले बिपिले भने जस्तै प्रजातन्त्र आएपछि सुकिला र मुकिलाहरूले पार्टी कब्जा गरिरहेका बिचार व्यक्त गरे । उनले भने, ‘त्यसका बिरूध्द फेरि एक पटक सच्चा कार्यकर्ताले लडनु पर्नेछ । पार्टीमा अब त्यो दिन आएको छ ।’
कार्यक्रममा ललितपुर जिल्ला सदस्य उर्मिला केसी, ललितपुर काँग्रेसका कोषाध्यक्ष कर्म व्यञ्जनकार,कार्यवाहक सभापति प्रकाश नन्दन जोशी र जिल्ला सचिव भीमसेन घिमिरे,
प्रदेश सासंद विजय केसी,सासंद धना खतिवडा, ललितपुरका नेताहरु उदयशम्शेर राणा, रामकृष्ण चित्रकार, चन्द्र महर्जन, गोदावरी नगरका मेयर गजेन्द्र महर्जन, ललितपुर नगरका मेयर चिरिबाबु महर्जन, बागमती गाउँपालिकाका अध्यक्ष विरबहादुर लोप्चन,नेपाली कांग्रेसका वडाअध्यक्षहरुलगायतको उल्येखनीय उपस्थिति थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ११ : १० बजे