१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नःटोलमा अव पोखरी की पार्किङ्ग ?


८ श्रावण २०७६, बुधबार  

0
Shares

पोखरी बनाउन माग गर्दै धर्नामा बसेका स्थानीयबासी । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
८ साउन ०७६, पुल्चोक । आजकल ललितपुर माहानगर नजिकै रहेको खाली जग्गामा महानगर र नःटोलका स्थानीय बासिन्दाबीच पोखरी बनाउने की पार्किङ्ग भन्ने चलिरहेको छ । पोखरी विदाद चरम विन्दुमा पुगेपछि महानगरको निर्णय विरुद्ध षड्यन्त्र गरेको भन्दै ललितपुर महानगरका प्रहरी प्रमुख कदमलाल महर्जनलाई बर्खास्त गरेको छ ।
२०७६ साउन २ गतेको ललितपुर माहानगरपालिकाको निर्णयअनुसार ललितपुर महानगरका प्रहरी प्रमुख कदमलाल महर्जनले नगर प्रहरी सेवा सञ्चालन सम्बन्धि कार्यविधि २०६७ को नियम ५५ र ५६ अनुसारको कसुर गरेको भन्दै निलम्बन गरेको वताइएको छ ।
उता स्थानीय बासिन्दा भने महानगरले पार्किङ्ग स्थलको लागि टेण्डर गरेको ठाँउमा पहिलेका जस्तै पोखरी बनाउनु पर्ने माग राखेर साउन १ देखि नै धर्नामा छन् ।
यहाँ दशक अघिसम्म टिकाभैरवबाट ल्याइएको राजकुलोको पानी खस्थ्यो । टिकाभैरव,चापागाँउ, ठेचो, सुनाकोठी, खुमल्टार हुँदै लगनखेलको सप्तपाल पोखरीमा आउने कुलो कुमारीपाटी, जावलाखेल भएर नःटोलस्थित त्रिपद्म स्कूल रहेको ठाँउको पानी पाखरीमा खसाल्ने गरेको स्थानीय सन्तलाल महर्जन बताउछन् ।
यहाँ पानी भरिएपछि पिम्वहाल पोखरी, आल्कोहिटी हुँदै पाटनका सबै पोखरी, इनार र ढुंगेधारामा पानी जाने गरेको उनी बताउछन् ।
यस पोखरीमा कमलको फूलहरु फुल्थे । यहाँको कमलको पात पाटनबासी खेतमा काम गर्दा खाजा खान प्रयोग गर्नका लागि लग्थे ।

२०६० सालमा देखिएको पोखरी रहेको स्थल ।


पाटन क्षेत्रको फाँटमा बस्ती बिस्तार हुन थालेपछि पञ्चायत कालमै राजकुलो आउन बन्द भयो । राजकुलो बन्द भएपछि यो पोखरीमा फोहोर फल्न शुरु भयो । यहाँ फोहोर माटो फाल्न थालेसँगै झाडीले ढाक्यो । यो फोहर स्थान पाटनबासीले धेरै पल्ट सरसफाई पनि गरे ।
धेरै पहिले यहाँ त्रिपद्म स्कूल र महानगर क्षेत्रमा २ वटा कमल पोखरी रहेको उनी वताउछन् । उनी भन्छन्, ‘राणाकालमा पाटनबासीलाई पानी बाड्न २ वटा पोखरीलाई ४ वटा पोखरी बनाइएको हो ।’ उनका अनुसार अहिले महानगरको भवन,त्रिपद्म स्कूल रहेको ठाँउमा समेत पहिले पोखरी थियो ।
यो ठाँउमा २०६३ सालमा सभागृह बनाउने भन्दै तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले शिलान्यास गरेका थिए । त्यसपछिका दिनमा पोखरी संरक्षण समितिले नै लगातार यस ठाँउको पाकिङ्ग शुल्क उठाइरहेको छ ।
२०७० सालबाट ललितपुर माहानगरपालिका र आफूबचि फोहोर भएको ठाँउ सफा गर्न सम्झौता गरेर पार्किङ्गस्थल बनाएको नस्त्वा पलेस्वाँ पुखु संरक्षण समितिका अध्यक्ष बाबुराजा महर्जन वताउछन् । उनका अनुसार पहिलो बर्ष ६ महिना ५ हजार रुपैया तिर्ने गरि सम्झौता भए पनि पछि हरेक बर्ष नविकरण गरिएको थियो । पछिल्लो समय प्रति महिना ६० हजार तिर्ने गरेर सम्झौता भएको बताउछन् । २०७३ मा ३ बर्ष का लागि सम्झौता भएको हो ।
माहानगरपालिकाले सम्झौता अवधि सकिएपछि टेण्डर गर्नु स्वभाविक भएको माहानगरपालिकाका एक कर्मचारीले बताए । उनले भन,े‘ पोखरी नबने उहाँहरुलाई नै सधै बिना टेण्डर सस्तो मुल्यमा दिनु पछ भन्ने केही छैन । महानगरपालिकाले टेण्डरमा मात्रै अव यो ठाँउ दिन्छ ।’
तर महर्जन भने ढुंगेधारा संरक्षण समिती, सेभ नेपाः भ्याली, पाटनका ४० वटै टोललगायत विभिन्न संघसंस्थाहरुको पोखरी बनाउनका लागि समर्थन रहेको बताउछन् ।

माहानगरपलिकालाई बुझाइएको बनाउन लागिएको नयाँ पोखरीको नक्सा ।


महर्जनका अनुसार स्थानीयबासी एक दुई दिन वार्ताको लागि कुछौं । भएन भने हामी जनश्रमदान गरेर पोखरी निर्माणका लागि जुट्छौं ।
महर्जनले अव पार्किङ्गका लागि सम्झौता नगर्ने बताउछन् । भन्छन् हामी पोखरी बनाउन मात्रै वार्ता गछौं ।
यहाँ माहानगरका यस अघि कर्मचारीको गाडी राख्न निशुल्क थियो । सुरक्षा,कुटनीतिक नियोगलगायतका गाडी राखेको पनि पैसा लिने चलन थिएन । आगन्तुकले दिनभरि गाडी राखेको ३० रुपैया मात्रै लिने गरेका वावुराजा महर्जन बताउछन् ।
साउन १ गते स्थानीयले पोखरी निर्माणका लागि शिलान्यास गरेका थिए । स्थानीय वावुराजा महर्जन पोखरी निर्माणबाट पछि नहट्ने भन्दै गुवाजु राखेर पूजा गरेको वताए ।

प्रकाशित मिति : ८ श्रावण २०७६, बुधबार  १० : ०३ बजे