१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भिमसेन मन्दिर पुनर्निर्माण समितीको साधारण सभा


१० श्रावण २०७६, शुक्रबार  

0
Shares


लपु संवाददाता
१० साउन ०७६, ललितपुर । भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिको पहिलो साधारण सभा विहीबार ललितपुरमा सम्पन्न भएको छ ।
समितिअध्यक्ष कृष्णलाल महर्जनको अध्यतामा बैकठ बसेको हो । २०७२ सालको भुकम्पबाट क्षतिग्रस्त पाटन मंगलबजारस्थित भिमसेन मन्दिर कुनै पनि बेला भत्किन सक्ने अवस्थामा पुगेको र जुनसुकै बेला भत्कन सक्ने विज्ञको राय अनुसार ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा पुर्ननिर्माण उनले जानकारी दिएका थिए ।
भिमसेन मन्दिर मंगलटोल सुधार संघ, ललितपुर महानगरपालिका, विभिन्न संघ संस्था तथा बस्तुगत संघहरु र ललितपुर भरिका जातिय समाज, समेतको सहयोगमा श्री भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समिति गठन गरिएका थियो । समिति गठनपछि समितिबाट मन्दिरको पुनर्निर्माण गर्न नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा पुरातत्व विभाग एवं ललितपुर महानगरपालिकाको स्विकृति पाएपछि गएको आषार १२ गते क्षमा पुजा गरेको थियो । मन्दिरको पुनर्निर्माणको क्रममा गजुर झिकेर काम शुरु गरिएको हो । मन्दिरको काम अहिले तिव्र रुपमा भईरहेको अध्यक्ष महर्जनले बैठकमा जानकारी गराए ।
अध्यक्ष महर्जनका अनुसार छानामा सुनको लेपन बाहेक ४ अर्व ९३ करोड लाग्ने अनुमान छ । कार्यक्रममा समितिका सदस्यसचिव मनोजबहादुर न्याछ्योंले आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रतिवेदन सभामा प्रस्तुत गरेका थिए । कोषाध्यक्ष हरिनरसिंह अमात्यले प्रतिवेदन सहित आर्थिक वर्ष २०७५÷०७६ को वासलात पेश गरे ।
सभामा ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले पर्यटनको विकासमा संस्कृति ठूलो देन भन्दै भिमसेन मन्दिरको पुनर्निर्माणमा महानगरपालिकाको तर्फबाट एक करोड आर्थिक सहयोग गर्ने वचनवद्धता व्यक्त गरे ।
सांसद श्री पम्फा भुसाल र प्रदेश सभाका माननीय सांसद श्री ज्ञानेन्द्र शाक्यले पुनर्निर्माण कार्यमा प्रदेश नम्वर ३ सरकारको तर्फबाट पचासलाख आर्थिक सहयोग गर्ने बताए ।
संस्कृतिविद् एवं बाङ्गमय शताव्दी पुरुष सत्य मोहन जोशीले कला, संस्कृतिको महत्वमाथि धरणा राखे ।
सभाबाट तदर्थ समितिका पदाधिकारी एवं सदस्यहरुलाई नै अर्थात् अध्यक्ष श्री कृष्णलाल महर्जन सहित नौ सदस्यीय कार्यसमितिलाई निर्वाचित गरिएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ६ : २७ बजे