६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कर्मचारीले साताको एक दिन साइकल चढ्नुपर्ने


१४ श्रावण २०७६, मंगलबार  

0
Shares

१४ साउन ०७६, ललितपुर । ललितपुर महानगरपालिकाले साइकल चढ्न प्रोत्साहित गर्ने उद्देश्यले सरकारी निकायमा कार्यरत कर्मचारी, राजनीतिज्ञ, नेताले कम्तीमा साताको एक दिन साइकल चढ्नुपर्ने नियम बनाएर साइकल कानून बनाउने भएको छ । स्थानीय तहको कानुन बनाउन पाउने अधिकार प्रयोग गरी महानगरले यो ऐन बनाउन लागेको हो ।
महानगरका प्रमुख चिरीबाबु महर्जनका अनुसार साइकल सिटी बनाउन सजिलो होस भन्ने अभिप्रायल ऐन बनाउन लागिएको बताए । सोसाइटीले तयार पारेको ऐनका खाकालाई महानगरको विधेयन समितिले कानूनी स्वरुप दिएपछि नगरसभाले अनुमोदन गर्नेछ अनि कानून कार्यान्वयनमा आउनेछ ।
महानगरले नेपाल साइकल सोसाइटीलाई कानुनको ऐनका खाका बनाउन जिम्मा दिन लागेको जानकारी दिएको छ ।
सोसाइटीका अध्यक्ष रत्नराम श्रेष्ठले विद्यालयदेखि नै साइकल चढ्न प्रेरित गर्न सके ललितपुरलाई छिट्टै साइकल सिटी बनाउन सकिने बताए । उनका अनुसार साइकल सिटी बन्नका लागि विभिन्न चरणमा काम पुरा हुनुपर्छ ।
श्रेष्ठले भने,‘मस्यौदामा साइकल यात्री दुर्घटना पर्दा पाउने क्षतिपूर्ति, सडकमा साइकलमा चढ्नेलाई अन्य सवारी साधन चढ्नेले गलत व्यवहार गरे त्यसवापत उसले तिर्नुपर्ने जरिवाना, सडकमा साइकल चलाउँदा साइकल यात्रुले पालना गर्नुपर्ने नियमहरु उल्लख हुनेछ ।’
साइकल लेनको लागि महानगरले आर्थिक वर्ष २०७५÷२०७६मा ५० लाख रुपैयाँ छुट्याएको थियो ।
महानगरले पहिलो चरणमा कुपण्डोलदेखि लगनखेलसम्म साइकल लेन बनाउनेछ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ८ : ४२ बजे