१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सुन्दर नेपाल


मनसुनी मौसमको मनमोहक दृश्य (फोटोफिचर)


१६ श्रावण २०७६, बिहिबार  

0
Shares

ललितपुर खबर फोटोग्राफी
बर्षा यामको साउने झरि रोकिएको छ । दिनहरु घमाइला हुँदेछन् । बस्तीबाट अलि पर तरेली परेका फाँट झन् हरियाली देखिन्छन् ।
आजकल फाँटका आलीमा धुम बोकेर ओहोर दोहोर गर्ने किसानको लस्कर छ । खेतका गह्रामा धान गोड्ने खेतालाको ताँती छ । गैह्री खेतमा छङ्गछङ्ग बग्ने कुलोको पानीले प्राकृतिक आनन्द दिन्छ ।


यो मनसुनी मौसममा सिमसिमे बर्षापछिको आकाश गाढा निलो देखिदाँ मन फुरुङ्ग हुदै छ । पहाडका फेदीसम्म बादलका टुक्रा ओहोर दोहोर गरिरहेको हेर्नुको मज्जा अर्कै छ ।
खोला नाला बढेका छन् । पहाडका कुना कञ्दरामा मुल फुटेको छ । डाँडा पाखाबाट सलल बगिरहेको झरना देख्न पाइएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहिबार  ७ : ३६ बजे