६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सामुदायिक विद्युतमा समस्या भन्दै बुझाइयो ज्ञापन पत्र


२८ श्रावण २०७६, मंगलबार  

0
Shares

२८ साउन ०७६,ललितपुर । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघकोले सामुदायिक विद्युतीकरणको समस्याबारे प्रदेश ३ सरकारलाई मागपत्र बुझाएको छ ।
प्रदेश नं ३ का ८ जिल्लामा ३७ वटा सामुदायिक संस्थाहरु मार्फत १ लाख भन्दा धेरै परिवारलाई विद्य्त् पु¥याइएको ३ नं प्रदेश कमिटिका संयोजक रामप्रसाद अधिकारीले सरकारबाट गर्नुपर्ने विषयमा सुझावसहितको मागपत्र मुख्यमन्त्री पौडेललाई बुझाएका थिए ।
आईतबार प्रदेश मुख्यालय हेटौंडामा ज्ञापनपत्र बुझाउन महासंघका केन्द्रिय अध्यक्ष नारायण ज्ञवालीसहितको टोली पुगेको थियो ।
सामुदायिक विद्युतीकरणको विषयमा अवगत गराउदै महासंघका अध्यक्ष नारायण ज्ञवालीले सामुदायिक मोडलबाट समुदायमा विद्युत सेवा विस्तारमा ५ लाख भन्दा बढी घरपरिवारलाई केन्द्रिय प्रसारण लाईनको विद्युत पुगेको र गाउँघरमै उद्योगधन्दाहरु सञ्चालन हुँदा ग्रामिण क्षेत्रमा रोजगारी श्रृजना भएको विषयमा प्रकाश पारेका थिए ।
महासंघको टोलीले प्रदेश मुख्यमन्त्री डोरमणी पौडेल र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंङ्गेलसंग छलफल समेत गरेको थियो ।
मागपत्रमा प्रदेश नं ३ भित्र विद्युतीकरण हुन बाँकी रहेका ग्रामीण गाउँबस्तीहरुमा छिटो विद्युत पुर्याउने, ग्रामीण विद्युतीकरणमा भएका भौतिक संरचनाको मर्मत सुधार तथा प्रणाली सुदृढीकरण गर्न प्रदेश सरकारबाट स्रोतको व्यवस्था गर्नुपर्ने, प्रदेश सरकारले विद्युत उर्जा नीति बनाउने, विद्युत रोयल्टीबाट स्थानीय तथा प्रदेश सरकारमा प्राप्त हुने रकमलाई ग्रामीण विद्युतीकरण विस्तार र प्रणाली सुदृढीकरणमा लगानी गर्ने नीति बनाउनुपर्ने,विद्युत खपत बढाउन विद्युतीय चुलो प्रयोग र प्रवर्धनमा जोड दिनुपर्ने विषय उल्लेख गरिएको ३ नं प्रदेश कमिटिका सचिव तथा दक्षिण ललितपुर ग्रामीण विद्युत सहकारीका अध्यक्ष गोविन्दप्रसाद बजगाईंले जानकारी गराएका छन् ।
सुझाव र मागपत्र बुझ्दै मुख्यमन्त्री डोरमणी पौडेलले ग्रामीण क्षेत्रमा विद्युत पुर्याउने अभियान देखेर प्रभावित भएको वताए । विद्युतीकरणका समस्याको समाधानसँगै नपुगेका स्थानमा विद्युत पुयाउन प्रदेश सरकारले सहयोगी भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे । प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले सामुदायिक विद्युतीकरणको विकास गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारले के गर्न सक्छ छलफल गरेर बढ्ने बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलबार  ४ : ४३ बजे