१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘फूलमती’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)


३१ श्रावण २०७६, शुक्रबार  

0
Shares

३१ साउन ०७६,काठमाडौं । गायक रोशन बालुवा र गायिका स्मृति बोहराको ‘फूलमती’ नामक नयाँ गीत सार्वजनिक भएको छ ।
चर्चित संगीतकार टंक बुढाथोकीको युट्युब च्यानलमार्फत उक्त गीत शुक्रबार सार्वजनिक गरिएको हो । डि.पी. खनालको शब्द रचना रहेको उक्त गीतमा रोशन बालुवाले नै संगीत भरेका छन् । गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् ।
यस गीतको कोरियोग्राफी भने मोडलसमेत रहेका सागर कार्कीले गरेका छन् । गीतको मुख्य भूमिकामा सागरसहित स्मृति बोहरा रेग्मी र अञ्जु विश्वकर्मा देखिएका छन् ।
गीतको छायांकन जनक अधिकारीले गरेका हुन भने भिडियो निर्देशन सोनु कुमारले गरेका हुन् । गीतमा मिक्सिङ भने सन्तोष पौडेलले भरेका छन् । भिडियो ललितपुरको भैंसेपाटीमा छायांकन गरिएको मोडल कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार  १० : ३१ बजे