१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरको पर्यटकीय गन्तव्य चिनाउन पदयात्रा


३ भाद्र २०७६, मंगलबार  

0
Shares

पदयात्राका लागि नवनिर्मित टिसर्ट अनावरण गर्दै वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनलगायत । तस्विर ः ललितपुर खबर

३ साउन ०७६, ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले १९ किलोमिटर लामो (वाकाथन)पदयात्रा गर्ने भएको छ । यही असोज ४ गते ललितपुरको पाटन दरवार स्क्वायर क्षेत्रबाट शुरु भई पदयात्रा ग्वार्काे, इमाडोल, सानागाउं, लुभू, हरिसिद्धि, धापाखेल, सुनाकोठि, बुंगमती हुदै ललितपुरको खोकनामा पुगेर समापन हुनेछ ।
मंगलबार पाटन दरवारपरिसरमा आयोजित पत्रकार सम्मेलनमा ललितपुरको पर्यटकीय क्षेत्रको प्रचार प्रसारसँगै भिमसेन मन्दिरको पुर्ननिर्माणका लागि स्थानीय स्तरमा जागरण ल्याउने उद्देश्य सहित यो पदयात्रा शुरु गर्न लागिएको उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले बताए ।
पर्यटन बर्ष २०२०को सन्दर्भ पारेर आयोजना गरिएको पदयात्राबाट सथानीय स्तरमा पर्यटकीय बर्षको प्रचार प्रसार हुने अपेक्षा आयोजकले लिएको छ ।

कार्यक्रममा बोल्दै संघका अध्यक्ष महर्जन । तस्विर ः ललितपुर खबर


हरेक पदयात्रीसंग रजिष्टेशन शुलकबापत उठ्ने ५ सय रुपैयाँ भिमसेन मन्दिरको पुर्ननिर्माणमा लगाउने वाणिज्य संघको लक्ष्य छ । कार्यक्रमका लागि भिजिट नेपाल २०२० र कुमारी बैंकको सहयोग रहेको कार्यक्रममा जानकारी दिईएको थियो ।
पदयात्रामा २ हजार स्थानीयबासीको सहभागिता रहेने आयोजकले अपेक्षा गरेको छ ।
पदयात्रामा स्थानिय जनप्रतिनिधिहरु, स्थानीय संघ संस्थाका प्रतिनिधिहरु, जातिय तथा नागरिक समाजका सदस्यहरु, बस्तुगत संघ तथा आम नागरिकहरुको साथ रहेको कार्यक्रमपछि जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘कार्यक्रम ललितपुरको पर्यटन क्षेत्रको बिकासको लागि कोसेढुंगा साबित हुनेछ ।’

प्रकाशित मिति : ३ भाद्र २०७६, मंगलबार  ९ : २३ बजे