११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गाडीमा करेन्ट लाग्दा छपेलीमा युवकको मृत्यु


७ भाद्र २०७६, शनिबार  

0
Shares

तस्विर ः दिपक घिमिरे समिर

लपु संवाददाता
७ भदौं ०७६, ललितपुर । ललितपुरको भट्टेडाडा छपेलीमा बुम ट्रकमा करेन्ट लाग्दा गाडी का सहचालकको मृत्यु भएको छ । गुल्मी मुसिकोट घर भएका १९ वर्षिय विकाश कार्कीको घटनास्थलमै मृत्यु भएको भट्टेडाँडा प्रहरी चौकीका प्रसनी लक्षमण थापाले जानकारी दिए ।
खलासीले गाडीको बुम उठाउदा गाडीमा करेन्ट प्रवाह भएर युवकको मृत्यु भएको प्रहरीको भनाई छ । हाइटेशनको लाइनमा छोएर सो घटना घटेको जानकारी प्राप्त भएको छ ।
यो घटना शनिबार विहान ९ बजेर १५ मिनेट ताका भएको थियो ।
गाडी चालक काठमाडांैंको चन्द्रगिरी नगरपालिका तिनथानाका राधाकृष्ण केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीमा सामान्य क्षति भएको छ र गाडीको टायर जलेको प्रसनी थापाले जानकारी दिए ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ११ : ०० बजे