६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


वागमती सफाईमा ललितपुरका मेयर महर्जन सहभागी


१४ भाद्र २०७६, शनिबार  

0
Shares


१४ भदौं ०७६,ललितपुर । शनिबार बिहान ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले नगरका वडाध्यक्षहरुको साथमा ललितपुरको कोपण्डोल नजिकको वागमती नदि किनारका फोहोर टिपेर सरसफाई गरेका छन् । वागमती सरसफाइका क्रममा सशस्त्र प्रहरी, सेना, बाग्मती सफाई अभियानका अभियन्ताहरु कुपण्डोलस्थित बाग्मती पुलमुनि नदी किनारमा फँयाकिएका फोहोर टिपेर थुप्रो लगाए ।
भदौंं १४ गतेको शनिबार बाग्मती सफाई अभियानको तीन सय २९ हप्ता पुरा भएको छ । सफाईका खटिएका नगरप्रमुख महर्जनले बाग्मती सफा बनाउन महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘बाग्मतीको संरक्षरणसँग मान्छेको जीवन जोडिएको छ, यसको सफाई र संरक्षणका लागि यहाँ मिसाउनु हुदैन ।’
फोहोर संकलनपछि वागमती नदिमा जलयात्रा गरिएको थियो । जलयात्रा सुरु गर्नुअघि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको मुख्यमुख्य नदी र मानसरोवरको जल बाग्मतीमा मिसाइएको थियो ।
बाग्मतीमा नगरप्रमुख महर्जनले जलयात्रा गरेका थिए । याफ्टिङ बोट चढेर कुपण्डोलदेखि चोभारको सुन्दरीघाटसम्म उनले जलयात्रामा गरेका हुन् । उनले बाग्मतीलाई सफा बनाएर सधैं यसरी ¥याफ्टिङको व्यवस्था गर्न सके भित्रियाउन सकिने तर्क गरे । तत्काल यो संभव नभएपछि गुरुयोजना बनाएर काम गरे संभव हुने उनले बताएका छन् । जलयात्रामा सहभागी मेयरले बाल्यकालमा आफूले देखेको बाग्मती र अहिलेको बाग्मतीलाई धेरै फरक रहेको बताएका थिए ।
आयोजकका अनुसार यो जलयात्राको एघारौं पटक हो । जलयात्रामा ११ वटा बोटमा आसी जना ा सहभागी भएका थिए ।
किशोरसिंह शाहीले जलयात्रा आयोजना गर्नुको मुख्य उद्देश्य प्रतिकात्मक भएको बताए । उनले भने, ‘ बाग्मतीमा सधै यसैगरी जलयात्रा संचालन गर्न सकिन्छ, त्यसका लागि बाग्मतीलाई सबै मिलेर सफा बनाउनुपर्छ भन्ने खोजिएको हो । ’ नदी संरक्षण समितिको अध्यक्ष मेघ आलेले ¥याफ्टिङ बोटमा चढ्दा अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  १० : ०९ बजे