६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


एटिएमबाट चोरी भएको रकम असुलीमा राष्ट्र बैंक र प्रहरी मौन


२० भाद्र २०७६, शुक्रबार  

0
Shares

काठमाडाैं । नक्कली कार्डमार्फत रकम चोरी प्रकरणमा भारतबाट झिकिएको भनिएको करिब १ करोड ५ लाख रुपैयाँ असुल हुन कठिन देखिएको छ ।

 नेपाली एटिमबाट चोरी भएको करिब एक कारोड ८९ लाखमध्ये अधिकांश फेला पारिसक्दा पनि भारतबाट चोरी भएको रकमबारे राष्ट्र बैंकलगायत सबै सरोकारबाला मौन छन् ।

घटना अनुसन्धानका लागि राष्ट्र बैंकले गठन गरेको टोलीले बुधबार नै प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा भारतबाट केही रकम निकालिएको देखाएको छ ।

ह्याकरले भारतबाट चोरी गरेको रकम असुलीबारे केही प्रक्रिया अगाडि नबढेको राष्ट्र बैंकले जनाएको छ । प्रहरीले पनि यसबारे सोधखोज गरेको छैन ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ३ : ३० बजे