२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अब एटीएमबाट एक दिनमा ६० हजार मात्रै निकाल्न मिल्ने


२० भाद्र २०७६, शुक्रबार  

0
Shares

काठमाडाैं । एक दिनमा एटीएम मेसिनबाट १ लाख निकाल्ने मिल्ने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले ६० हजारमा झारेको छ। ह्याकरले बैंकको सिस्टममै पसेर एटिएमबाट करोडौं रकम चोर्न सफल भएपछि राष्ट्र बैंकले यस्तो निर्णय लिएको हो।

नेपाल राष्ट्र बैंकले अध्ययन गर्न गठन गरको टोलीले समेत एटीएमबाट निकाल्न मिल्ने रकम घटाउन सुझाव दिएको थियो। नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रद्वारा हस्ताक्षरित पत्र अनुसार अब एटीएमबाट एक पटकमा अधिकतम २० हजार रुपैयाँ र एक दिनमा ६० हजार रुपैयाँ मात्रै निकाल्न सकिने छ।

यस भन्दा पहिले एक दिनमा एक लाख रुपैयाँ र एक पटकमा अधिकतम् २५ हजार रुपैयाँसम्म निकाल्न पाइन्थ्यो।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ६ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।