१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फेसबुकमा कति आयो लाइक भन्ने अब थाहा नहुने !


२० भाद्र २०७६, शुक्रबार  

0
Shares

फेसबुकले लाइकको संख्या लुकाउने तयारी गरेको दाबी गरिएका समाचारहरु बाहिरिएका छन् ।

विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सामाजिक सञ्जाल फेसबुकले युवाहरुमा सामाजिक सञ्जालको चर्चाले मानसिक स्वास्थ्यमा समस्या ल्याउन सक्ने भन्दै यस्तो तयारी गरेको हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

फेसबुकले लाइक लुकाउनका लागि कोडिङ गरिरहेको एक जना इन्जिनियरले पत्ता लगाएको बीबीसीले जनाएको छ ।

ति इन्जिनियरले फेसबुकको एन्ड्रोइड एपमा लाइक सङ्ख्या लुकाउने कोड परीक्षण भएको पत्ता लगाएपछि विश्वको चर्चित सामाजिक सञ्जालले लाइक सङ्ख्या नदेखाउने उपायबारे विचार गरिरहेको हुन सक्ने समाचारहरु बाहिरिएका हुन् ।

सक्रिय नभएको सो कोड जेन मान्चुन वङले पत्ता लगाएकी हुन् । तर यस विषयमा प्रतिक्रिया दिन भने फेसबुकले अस्वीकार गरेको बीबीसीले उल्लेख गरेको छ ।

फेसबुकले क्यानडा र ब्राजिलसहित सात देशमा इन्स्टाग्राममा लाइकको सङ्ख्या नदेखाउने गरि परीक्षण गरिरहेको छ।केही अध्ययनहरूले विशेषत: युवाहरूमा सामाजिक सञ्जालको चर्चाले मानसिक स्वास्थ्य समस्याहरू ल्याउन सक्ने बताएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  ८ : ३० बजे